Prabhu Life Ad Final

नेपाल बैंकद्वारा २५ प्रतिशत लाभांश दिने घोषणा

IME PAY

काठमाडौं । देशको सबैभन्दा पुरानो बैंक नेपाल बैंकले गत आर्थिक वर्षको सञ्चालन मुनाफाबाट २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । घोषित लाभांशमा १५ प्रतिशत बोनस शेयर तथा १० प्रतिशत नगद लाभांश दिने बैंकले घोषणा गरेको हो ।

आइतबार साँझ ५ः३० बजे बसेको सञ्चालक समितिको २४ औं बैठकले आगामी साधारणसभामा पेश गर्नको लागि सो लाभांश प्रस्ताव गरेको बैंकले जनाएको छ । नेपाल बैंकको सञ्चालक समितिको बैठकपछि आज नेप्सेलाई दिएको पत्रमा चुक्ता पुँजि नौ अर्ब ८१ करोड ११ लाख ४८ हजार रुपैयाँको १५ प्रतिशत बोनस शेयर दिने कम्पनीले जनाएको छ । बोनसपछि बैंकको कूल चुक्ता पुँजि ११ अर्ब २८ करोड २८ लाख २० हजार पुग्नेछ ।

NCHL

नगद लाभांशमा बोनस शेयरमा लाग्ने कर कट्टा गरी शेयरधनीलाई वितरण गरिनेछ । यद्यपि उक्त लाभांश नियमनकारी निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र आगामी साधारणसभाबाट पास भए पश्चात वितरण गरिनेछ । नेपाल बैंकले आईपिओ जारी गरेको २३ वर्षपछाडि पहिलो पटक लाभांश घोषणा गरेको हो । 

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x