मुक्तिनाथ विकास बैंकको ४ लाख ३ हजार कित्ता शेयर लिलाममा

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ४ लाख ३ हजार २ सय २० दशमलव २५ कित्ता शेयर लिलाम गर्ने भएको छ । बैंकले हकप्रद निष्काशन गर्दा बिक्रि नभएको शेयर लिलाम गर्न लागेको हो ।

जसमध्ये ३ लाख ७ सय ३ दशमलव ९३ कित्ता सर्वसाधारणतर्फको र बाँकि १ लाख २ हजार ५ सय १६ दशमलव ३२ संस्थापक समुहलाई छुटाइएको छ ।

इच्छुक बोलकबोलदाताले मङ्सिर ८ गतेदेखि १५ गतेसम्म बोलपत्र पेश गर्न सक्ने छन् । बोलपत्र फारम लिन र बुझाउनको लागि मुक्तिनाथ क्यापिटलको कार्यालय थापाथली र मुक्तिनाथ विकास बैंकको पोखरा, नेपालगञ्ज, धनगढी, सुर्खेत , विराटनगर, र जनकपुर शाखा केन्द्रबाट बुझाउन सकिने जनाएको छ ।

बैंकले भदौ १२ गतेदेखि १ः०.२ को अनुपातमा २० प्रतिशतको दरले ६१ करोड २९ लाख ५२ हजार २५ रुपैयाँको ६१ लाख २९ हजार ५ सय २० दशमलव २५ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार