IME Life

सन नेपाल लाईफको जीवन बीमा कोषमा ७८ करोड, नाफा र अन्य सूचक कस्तो ?

SPIL
NIC ASIA

काठमाडौं । सन नेपाल लाईफले प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले असोज मसान्तसम्मको तीन महिनामा ७८ करोड छ लाख ८१ हजार रुपैयाँ जीवन बीमा कोषमा दाखिला गरेको छ । कम्पनीले कोषमा कूल ९५ करोड जम्मा गरेको छ ।

सञ्चालन अवधीमा कम्पनीले तीन करोड ५० लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधीमा कम्पनीले तीन करोड १७ लाख रुपैयाँ आर्जन गरेको थियो । यद्यपि बीमा कम्पनीहरुको मुनाफा बीमाङ्कीय मूल्याङ्कन पछि हेरफेर हुनसक्नेछ ।

Prabhu
Crest

कम्पनीले सञ्चालन अवधीमा खूद बीमा शुल्क २४ करोड पाँच लाख ६० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा १३ करोड ५४ लाख ४५ हजार रुपैयाँ आर्जन गरेको थियो । त्यस्तै कम्पनीले समीक्षा अवधीमा २४ करोड पाँच लाख ५९ हजार रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष जम्मा १३ करोड रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको कम्पनीले समीक्षा अवधीमा झण्डै दोब्बर कूल बीमा शुल्क आर्जन गर्न सफल भएको हो ।

समीक्षा अवधीमा कम्पनीले कूल चार हजार ३०८ बीमा पोलिसी बिक्री गरेर सो प्रगति हासिल गरेको हो । त्यस्तै, कम्पनीले नौ वटा दावी भुक्तानीका लागि ७६ हजार रुपैयाँ खर्च गरेको छ । गत वर्षको असोज छ गते कारोबार सुरु गरेको कम्पनीले सञ्चालन अवधीको एक वर्षमा उल्लेख्य प्रगति गर्न सफल भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS