पुर्ब अर्थसचिव खनालले बुझे श्रीमतीको बीमा दाबी रकम

4637

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले स्वर्गीय सुचिता खनालको मृत्यु बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले आज एक कार्यक्रम आयोजना गरी उक्त रकम भुक्तानी गरेको हो ।

उनले तीन वर्ष अघि ५० लाख रुपैयाँको जीवन बीमा गरेकी थिइन् । कम्पनीले अहिले वोनस सहित ६२ लाख २० हजार रकम बीमा दावी वापत भुक्तानी गरेका हो । उक्त रकम कम्पनीको कार्यकारी प्रमुख भरत बस्नेतले स्व.सुचिता खनालका श्रीमान एवं पूर्व अर्थसचिव रामेश्वर प्रसाद खनाललाई हस्तान्तरण गरेका छन् ।

उक्त दावी छोटो समयमा नै आवश्यक कागजात पेश भएपछि यथाशिघ्र फर्छौट गरिएको कम्पनीले जनाएको छ । बिमित खनालको उपचारको क्रममा यहि असोज २१ गते मृत्यु भएको थियो ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्