IME Life

कालापानीमा सीमा मिचेकोबारे सरकारको बक्तव्य नै बेनामे, कानुन व्यवसायी र अभियान्ताले भने ‘बक्तव्य नै नक्कली’

SPIL
NIC ASIA

काठमाडौं । भारतले जारी गरेको नयाँ नक्सामा नेपालको लिपुलेक तथा कालापानीस्हितको भूभाग आफ्नोमा पारेपछि यतिबेला देशैभरिका जनता विरोधमा छन् । सडकमा उर्लदो विरोधपछि सरकारले बेनामे बक्तव्य जारी गरेर जनतालाई थुमथुम्याउने प्रयत्न गरेको छ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले परराष्ट्र मन्त्रालयका कर्मचारी डरले थुरथुर भएर नक्कली हस्ताक्षर गरेको आरोप लगाएकोछ । त्यस्तै एक कानुन व्यवसायीले भने सरकारले भारतसँग टाँसिएर बक्तव्य निकालेको आरोप लगाएका छन् ।

भारतले नेपाली भूभागलाई आफ्नो नक्सामा राखेर नयाँ नक्सा जारी गरेको विषयमा नेपाल सरकारले जारी गरेको प्रेस बक्तव्यमा जारी गर्ने व्यक्तिको नाम तथा पद खुलाइएको छैन । तर, हस्ताक्षर भने गरिएको छ । कार्तिक २० गतेको मितिमा जारी गरिएको बक्तव्यवमा कागको खुट्टा जस्तै हस्ताक्षर गरिएको छ । तर, उक्त हस्ताक्षर कसको हो ? खुल्न सकेको छैन । कुटनीतिक रुपमा कुन तहबाट विरोध जनाइएको हो, त्यसको खास अर्थ रहन्छ । मन्त्री, सचिव वा सह–सविच कुन तहबाट सो सोही तह वा सो भन्दा माथिबाट विपक्षीले जवाफ दिनुपर्ने हुन्छ ।

Prabhu
Crest

कानुन व्यवसायीहरुले भने यसलाई चरम अनुत्तरदायी काम भनेका छन् । नेपाली जनताको तलब खाएका कर्मचारीहरुले देशको लागि आवश्यक पर्दा बलिदान दिन तयार हुनुपर्नेमा भारतसँग डराएर हस्ताक्षर गर्न नमानेको आरोप अधिवक्ता स्वागतले नेपालले लगाए । नेपालले भने, ‘टिनएयरले लभ लेटर लेख्दा, नाम नलेखिकन लभलेटर लेख्छन्, परराष्ट्र मन्त्रालयले जारी गरेको बक्तव्य नाम लुकाएर लभलेटर लेख्न टिनएजरजस्तै गरेको पाइयो, माया पनि लाग्ने, डर पनि लाग्ने ! यो माया देखाएको हो । अर्को कुरा परराष्ट्र मन्त्रालयले निकाल्ने बक्तव्य अंग्रेजीमा हुनुपर्दछ । नेपाली जनतालाई थुम्थुम्याउन निकालेको हो । यसको कुनै बैधानिकता छैन । सरकारले अर्को बक्तव्य स्पष्ट शब्दमा लेख्ने मात्रै होइन भारतलाई पठाउनु पनि पर्दछ ।’

उता, ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका संयोजक फणिन्द्र नेपालले भारतविरुद्धको बक्तव्यमा हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयका कर्मचारीहरु डराउनु अनैतिक र जनताप्रतिको गद्धारी भएको प्रतिक्रिया दिए । उनले भने, ‘जनताले तिरेको करबाट तलव खाने, विदेशीले सीमा मिच्दा बक्तव्य जारी गर्न डराउने कर्मचारीलाई परराष्ट्र मन्त्रालयमा हाजिर हुने नैतिकता छैन । उनले कर्मचारीहरु भारतीय दुताबाससँग डराएकाले बक्तव्यमा नक्कली हस्ताक्षर गरिएको जस्तो मात्रै गरिएको र यो नेपाली जनतालाई भुलाउने प्रपञ्च भएको बताए ।

‘थर थर काम्दै बक्तव्य जारी गरिएको बक्तव्यपछि भारतले झनै आफ्नो बचाऊ गरेको संयोजक नेपालले बताए । उनले भोलि विहान ११ः३० बजे सबै राष्ट्रवादी जनतालाई लैनचौरस्थित भारतीय दुताबास अगाडि भेला भएर राष्ट्रियताको पक्षको मत जाहेर गर्न समेत अपिल गरेका छन् । नाम नभएको बक्तव्य जारी गरेको सम्बन्धमा परराष्ट्र मन्त्रालयले कुनै प्रतिक्रिया दिन मानेको छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS