IME Life

दुई सय २४ जना तेस्रो लिङ्गीले गराए स्वास्थ्य बीमा, आबद्ध हुने कूल संख्या २२ लाख

SPIL
NIC ASIA

काठमाडौं । नेपालमा रहेको दुई सय ४४ जना तेस्रो लिङ्गीले नेपाल सरकारले अघि सारेको स्वास्थ्य बीमा गराएका छन् । स्वास्थ्य बीमा बोर्डको तथ्याङक अनुसार कूल हालसम्म आबद्ध २२ लाख ३२ हजार छ हजार ६ सय ६८ जना नेपाली नागरिकमध्ये २४४ जना तेस्रो लिङ्गी अर्थात अन्य लिङ्गीहरु स्वास्थ बीमामा सहभागी भएका छन् ।

स्वास्थ्य बीमा सहभागीहरुमध्ये तेस्रो लिङ्गीको संख्या हरेक प्रदेशमा देखिएको छ । आर्थिक बर्ष २०७५।७६ मा कूल नौ लाख ५१ हजार ९ सय ४६ जनाले स्वास्थ्य बीमा गराएका बीमीतमध्ये १३१ जना तेस्रो लिङ्गी छन् ।

Prabhu
Crest

गत आर्थिक बर्षमा कूल चार लाख ९५ हजार ८ सय ६० जना महिला, चार लाख ५५ हजार ९ सय ५५ पुरुष र १३१ जना तेस्रो लिङ्गीले स्वास्थ्य बीमामा सहभागिता जनाएको बोर्डले जनाएको छ ।

स्वास्थ्य बीमा बोर्डको तथ्याङ्क अनुसार प्रदेश नं १ बाट ३४ जना, प्रदेश नं २ बाट ११ जना, प्रदेश नं ३ बाट २४ जना, गण्डकी प्रदेशबाट १७, प्रदेश नं ५ बाट २२ जना, कर्णाली प्रदेशबाट १३ जना र सुदूर पश्चिम प्रदेशबाट १० जना तेस्रो लिङ्गी स्वास्थ बीमामा सहभागी भएका हुन् ।

 स्रोत : स्वास्थ्य बीमा बोर्ड

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS