IME Life
Beema Board

सनराइज बैंकको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सनराइज बैंकले आज बुधबार (कात्तिक २० गते) देखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको छ । यसमध्ये १२ लाख इकाई सर्वसाधारणका लागि खुला गरेको हो भने सामूहिक लगानी कोषलाई ५ प्रतिशत छुट्याएको छ । बाँकी १८ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने जनाएको छ ।

यस ऋणपत्रमा वार्षिक १०.२५ प्रतिशत ब्याजदर पाइनेछ । न्यूनतम २५ इकाईदेखि अधिकतम ३ लाख इकाईसम्म आवेदन दिन पाइनेछ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ३० लाख इकाई ऋणपत्र बिक्री खुला गरेको हो ।

Prabhu
Crest

ऋणपत्रमा छिटोमा कात्तिक २४ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा आवश्यक मात्रामा बिक्री नभएमा भने मंसिर १९ गतेसम्म भर्न पाइनेछ ।

बैंकले ७ वर्ष अवधिको ‘१०.२५ प्रतिशत सनराइज डिबेन्चर २०८३’ नाममा ऋणपत्र जारी गरेको हो । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ । यो ऋणपत्रलाई रेटिङ एजेन्सी केयर नेपालले पर्याप्त सुरक्षा जनाउने “केयर एनपी ए माइनस” प्रदान गरेको छ ।

उक्त ऋणपत्रमा सिद्धार्थ क्यापिटल, नारायाणचौर, काठमाडौै र सनराइज बैंकका सम्पूर्ण शाखाबाट फारम पाइनेछ । यस्तै, सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS