IME Life

साधना लघुवित्तको नाफा ५१३% ले बढ्दा अन्य वित्तीय सूचकको अवस्था कस्तो ?

SPIL
NIC ASIA

काठमाडौँ । साधना लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तयि विवरण प्रकाशन गरेको छ । लघुवित्तले पहिलो त्रैमासमा प्रकाशन गरेको वित्तीय विवरणमा अधिकांश सूचकहरु सकरात्मक रहेका छन् । लघुवित्त वित्तीय संस्थाले यस अवधिसम्म आइपुग्दा ७६ लाख ६३ हजार खुद नाफा आर्जन गरेको छ ।

लघुवित्तले गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १४ लाख ९३ हजार मात्रै नाफा कमाएको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा ५१३ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०७६ ७७ को पहिलो त्रैमासमा खुद ब्याज आम्दानी २ करोड ४६ लाख २ हजार पुर्याएको छ ।

Prabhu
Crest

अघिल्लो बर्षको सोही अवधिमा ६६ लाख ३१ हजारमा सीमित रहेको थियो । यसैगरी समीक्षा अवधिमा लघुवित्तले ३२ करोड ५९ लाख बचत संकलन गरी १ अर्ब ४ करोड १६ सापटी लिएर १ अर्ब ३६ करोड १९ लाख कर्जा लगानी गरेको छ ।

अघिल्लो आर्थिक बर्षको सोही अवधिमा ८ करोड ५६लाख बचत संकलन गरी ४४ करोड ७२ लाख सापटी लिई ५० करोड ७४ लाख कर्जा परिचालन गरेको थियो ।

लघुवित्तले आर्थिक वर्ष २०७६ ७७ को पहिलो त्रैमाससम्म आइपुग्दा चुक्ता पूँजी बढाएर१४ करोड ६० लाख पुर्याएको छ भने जगेडा कोषमा ३ करोड ४१ लाख संञ्चिती रहेको छ । त्यसैगरी समीक्षा अवधिमा कस्ट अफ फण्ड ९.६२ प्रतिशत रहेको छ भने तरलता अनुपात १३.२१ प्रतिशत, प्रति शेयर आम्दानी २०.९८ (बार्षिक) रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS