IME Life
Beema Board

ग्लोबल आईएमई बैंकको मुनाफा ३७ प्रतिशतले बढ्यो, अन्य वित्तीय सूचकको अवस्था कस्तो ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण आज सार्वजनिक गरेको छ । प्रमथ चौमासमा बैंकले ब्याज आम्दानीमा उल्लेख्य बृद्धि गर्न सफल हुँदा बैंकको नाफामा सुधार आई ३७.४ प्रतिशतले बृद्धि हुन पुगेको छ । बैंकले पहिलो त्रैमासमा ७५ करोड ३१ लाख ४४ हजार ३३२ रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको हो ।

बैंकले सोही अवधीमा ३१ करोड २७ लाख ५९ हजार ६०६ रुपैयाँ आयकर समेत तिरेर राज्यलाई योगदान पुर्याएको आज सार्वजनिक भएको वित्तीय विवरणमा उल्लेख छ । अघिल्लो वर्ष एक अर्ब २० करोड रुपैयाँ ब्याज आम्दानी गरेको बैंकले यस वर्ष एक अर्ब ५६ करोड ४७ लाख रुपैयाँ ब्याज आम्दानी गर्न सफल भएको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा कूल एक अर्ब २० करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।

Prabhu
Crest

समीक्षा अवधीमा बैंकको निक्षेप संकलन ६.६५ प्रतिशतले बढेर एक खर्ब २८ अर्ब रुफैयाँ पुगेको छ । त्यस्तै कर्जा लगानी ८.७३ प्रतिशतले बृद्धि भई एक खर्ब १८ अर्ब ४८ करोड ७१ लाख ८० हजार ३६३ रुपैयाँ पुगेको छ ।

चुक्ता पूँजी १० अर्ब चार करोड रुपैयाँ छ भने जगेडा कोषमा चार अर्ब एक करोड रुपैयाँ जम्मा गरेको छ । चालु आवको पहिलो त्रैमासमा खराव कर्जा अनुपात ०.८५ प्रतिशतमा सीमित गर्न सफल भएको बैंकको पूँजी कोष अनुपात ११.८७ प्रतिशत छ । त्यस्तै, बैंकको प्रति शेयर आम्दानी २० रुपैयाँबाट २८ रुपैयाँ पुगेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS