IME Life
Beema Board

मेरो माइक्रोफाइनान्सको ३०% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । मेरो माइक्रोफाइनान्सको ३० प्रतिशत बोनस सेयर सुरक्षित गर्ने आज मंगलबार अन्तिम दिन रहेको छ । लघुवित्तले बोनस अनुमोदन गर्न कात्तिक २९ गते साधारण सभा गर्दैछ । यसका लागि बुधबार (कात्तिक २० गते) देखि बुक क्लोज हुनेछ ।

सभा होटल वाटर टावर विदुर–३, बट्टार, नुवाकोटमा बिहान ११ बजे सुरु हुनेछ ।सभामा कम्पनीले ३० प्रतिशत बोनस सेयर र कर तिर्न १.५८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ ।

Prabhu
Crest

कम्पनीले १९ करोड ७३ लाख ४० हजार रुपैयाँ बराबरको बोनस सेयर र १ करोड ३ लाख ८६ हजार ३१५ रुपैयाँ नगद लाभांश प्रस्ताव गर्न लागेको हो ।

कम्पनी अन्य कुनै वित्तीय संघसंस्थामा गाभ्न– गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि छ ।

त्यस्तै, सभामा सर्वसाधारण लगानीकर्ताको तर्फबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम समेत रहेको छ । आर्थिक वर्ष २०७५/७६ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा समेत रहेको जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS