IME Life
Beema Board

महालक्ष्मी विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । महालक्ष्मी विकास बैंकको १७ दशमलव ८९ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले कात्तिक २९ गते साधारण सभा गर्न कात्तिक बुधबार २० गतेदेखि कात्तिक २९ गतेसम्म बुक क्लोज गर्दैछ ।

साधारण सभा अल इन वान मार्ट क्राउन बैंक्वेट, मिनभवन काठमाडौंमा बिहान १० बजे सुरु हुने बैंकले जनाएको छ । बैंकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ८ प्रतिशत बोनस र ९ दशमलव ८९ प्रतिशत नगद गरी कुल १७ दशमलव ८९ प्रतिशत लाभांश दिने प्रस्ताव उक्त सभामा पेश गर्दैछ ।

Prabhu
Crest

सभाले प्रस्तावित लाभांश पारित गरेपछि वितरण प्रक्रिया सुरु हुनेछ । सभाबाट बैंकले सेयर संरचना परिवर्तन गरी संस्थापक हिस्सा ५२.४९ प्रतिशत र सर्वसाधारण हिस्सा ४७.५१ प्रतिशत बनाउने भएको छ ।

बैंकले अन्य कुनै वित्तीय संस्थामा गाभ्न– गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पेश गर्नेछ छ ।

त्यस्तै, सभामा कम्पनीको आर्थिक वर्ष २०७५–७६ को नाफानोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०७६/७७ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा रहेको समेत जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS