IME Life

डेपुटी गभर्नर श्रेष्ठमाथि अनियमितताको अभियोग, राष्ट्र बैंकको बोर्ड बैठक बस्दै

SPIL
NIC ASIA

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि वित्तीय अनियमितता गरेको आरोप लागेको छ । ठूलो रकम चलखेलमा संलग्नता रहेको अभियोगसँगै उनीमाथि कारवाही गर्ने भन्ने हल्ला चलेको छ । एनसेलको लाभांश फिर्ता तथा अजेयराज सुमार्गीको रकम फुकुवालगायतका सम्पत्ति शुद्धिकरण अनुसन्धानमा असहयोग गरेको अभियोग डेपुटी गभर्नर श्रेष्ठमाथि लगाइएको छ ।

श्रेष्ठमाथि लागेको अभियोगको सम्बन्धमा छलफल गर्न नेपाल राष्ट्र बैंकको बोर्ड बैठक बोलाएको छ । आजै बस्ने बैठकमा डेपुटी गभर्नर श्रेष्ठमाथिको अभियोग सम्बन्धमा छलफल हुने बताइएको छ । श्रेष्ठमाथि अर्थमन्त्रालयबाटै कारवाही गर्न अनौपचारिक दवाव परेको बताइएको छ । श्रेष्ठलाई बर्खास्त गर्ने तयारी गरिएको भन्ने समाचारहरु विभिन्न सञ्चार माध्यमहरुले प्रशारण गरिरहेका छन् । यद्यपि तत्काल बर्खास्त हुने सम्भावना भने छैन ।

Prabhu
Crest

नेपाल राष्ट्र बैंकको बोर्ड सदस्यमा श्रेष्ठ आफै डेपुटी गभर्नरको हैसियतमा सदस्य छन् । सोही कारण पनि त्यति सजिलै बर्खास्त गर्ने निर्णय गर्न भने सजिलो छैन । आज बस्ने नेपाल राष्ट्र बैंकको बोर्ड बैठकले सो सम्बन्धमा छलफल भने हुने निश्चित छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS