IME Life

प्रधानमन्त्री ओली ग्राण्डीबाट डिस्चार्ज, बालुवाटार फर्किए

SPIL
NIC ASIA

काठमाडौं । गम्भिर स्वास्थ्य समस्यापछि काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ डिस्चार्ज भएका छन् । अस्पतालले प्रधानमन्त्रीको स्वास्थमा सुधार आएको भन्दै डिस्चार्ज गरेको हो ।

प्रधानमन्त्री ओली केही बेर अघि बालुवाटारस्थित निवासमा फर्केका छन् । साँझ ८ः३२ बजे प्रधानमन्त्री ओली बालुवाटार फर्केको बालुवाटारस्थित स्रोतले जनाएको छ । धापासीस्थित ग्राण्डी अस्पतालबाट करिब ८ः१४ बजे निस्केका प्रधानमन्त्री ओली साढे आठ बजेको समयमा पूर्वी गेटबाट बालुवाटारस्थित सरकारी निवासमा प्रवेश गरेका हुन् ।

Prabhu
Crest
तस्विर सौजन्यः सूर्य थापा

प्रधानमन्त्री ओली स्वास्थ्यमा गम्भिर समस्या आएपछि दुई दिन पहिले ग्राण्डी अस्पताल भर्ना भएका थिए । प्रम ओलीलाई दुई पटक रगत सफा गर्ने विधि डायलोसिस गरिएको जनाइएको छ । यद्यपि प्रधानमन्त्री कार्यालयले भने प्रधानमन्त्री ओली नियमित स्वास्थ परिक्षणको सिलसिलामा ग्राण्डीस्थित अस्पताल पुगेको र उहाँको अवस्था सामान्य रहेको जनाएको छ । यसअघि प्रत्यारोपण गरिएको मृगौलामा समस्या देखिएपछि प्रधानमन्त्री ओलीको भदौं अन्तिम र असोजको पहिलो साता सिंगापुरमा स्वास्थ्य उपचार गरिएको थियो ।

बिहिवार दोस्रो पटक डायलासिस सकिएर आराम गरेपछि आज साँझ निवास फर्केका हुन् । प्रधानमन्त्री ओलीको स्वास्थ्य उपचारको नेतृत्व रक्षामन्त्री तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले गरिरहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS