IME Life
Beema Board

भाइटीका दुई दिन, १३ गते सार्वजनिक विदा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । यस वर्षको भाइटीका दुई दिन परेका कारण छुट्टा छुट्टै समुहले १२ र १३ गते भाइटीका मनाउने भएका छन् । नेपाल सरकारले १३ गतेको दिनलाई पनि भाइटीका मानेर सार्वजनिक विदा दिने निर्णय गरेको छ । बिहिवार गृह मन्त्रालयले बैठकले १३ गते समेत भाइटीका मानेर सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

विशेषगरी नेवार समुदायको भाइटीका (किजा पूजा) को लागि कात्तिक १३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नेवार समुदायले म्ह पूजा र भाइटीका एकै दिन लगाउँदैनन् । यस वर्षको तिहारमा दुई दिन भाइटीका परेको छ । समान्यतया द्धितिया तिथीमा भाइटीका लगाउने गरी गरिन्छ । तिथी घटबढका कारण परेवा र द्धितिया तिथी एकै दिनमा पारेपछि नेवा समुदायले भने १२ गते म्हपूजा र १३ गते भाइटीका मनाउने भन्दै १३ गते सार्वजनिक विदा दिन माग गरेका थिए ।

Prabhu
Crest

गृह मन्त्रालयका सचिव प्रेम कुमार राईलाई उध्रित गर्दै १३ गते समेत तिहारपर्वसँगै जोडेर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS