IME Life
Beema Board

डोल्पामा नेपाल लाईफको नयाँ शाखा, बीमा समितिका अध्यक्ष चापागाँई र सिईओ झाले गरे उद्घाटन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । विकट हिमाली जिल्ला डोल्पामा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी नयाँ शाखा स्थापना गरेको छ । डोल्पाको दुनैमा नेपाल लाईफको नयाँ शाखा उद्दघाटन गरिएको हो । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँई, नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका सिइओ विवेक झासहितका टिमले एक कार्यक्रमका बीच नयाँ शाखाको उद्घाटन गरेको हो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले जीवन बीमा बचत गर्ने अभ्यास भएकोले स–सानो बचत जोगाएर बीमा गर्दा बचत र जोखिम बहनको दुवै सुविधा पाइने बताए । अध्यक्ष चापागाईले बीमाबारे हिमाली क्षेत्रका जनतालाई जनेचतना फैलाउन आवश्यक रहेको भन्दै डोल्पामा नेपाल लाईफको नयाँ शाखा शुभारम्भले हिमाली क्षेत्रमा बीमाको उपस्थिति बलियो बन्दै गएको बताए । कार्यक्रममा अध्यक्ष चापागाईले हिमाली जिल्लाको दुर दराजमा पुगेर न्यून आय भएका जनतालाई पनि बीमाको दायरामा ल्याउन निर्देशन दिएका छन् ।

Prabhu
Crest

कार्यक्रममा हिमाली विकट क्षेत्रका जनतालाई जीवन बीमाको दायरामा ल्याउन नयाँ शाखाले भूमिका निर्वाह गर्ने नेपाल लाईफका सिईओ विवेक झाले बताए । डोल्पा शाखाका प्रमुख शेर बहादुर रसाइली तोकिएका छन् । कार्यक्रम नेपाल लाईफ मध्यपश्चिम तथा सुदुरपश्चिम क्षेत्रीय प्रमुख शैलेश श्रेष्ठले सञ्चालन गरेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS