IME Life
Beema Board

अघिल्लो वर्ष नोक्सानीमा रहेको स्पर्सको अधिकांस सूचक सकारात्मक, हेरौ प्रथम त्रैमास

SPIL
NIC ASIA
Sanima Reliance

स्पर्श लघुवित्तले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। गत वर्ष नोक्सानीमा भएको कम्पनी अहिले भने  नाफामा आउँन  सफल भएको छ।
चालु आर्थिक वर्षको प्रथम त्रैमास सम्म कम्पनीले ५५ लाख ०७ हजार रुपैया खुद नाफा कमाउन सफल भएको छ। गत आर्थिक वर्षको प्रथम त्रैमास सम्म कम्पनी ३१  लाख ४ हजार नोक्सानीमा थियो। कम्पनीको वार्षिक प्रति शेयर आम्दानी २६  रुपैया ५५  पैसा रहेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको प्रति शेयर आम्दानी २२  रुपैया १७ पैसा ऋणात्मक रहेको थियो। कम्पनीले खुद नाफामा २७७  प्रतिशतले वृद्धि गर्न सफल भएको छ भने प्रति शेयर आम्दानी २२० प्रतिशतको वृद्धि गर्न सफल भएको छ।
प्रमुख आम्दानीको श्रोत खुद व्याज आम्दानी २५७  प्रतिशतले वृद्धि भएको छ। कम्पनीको चुक्ता पुँजी ८  करोड २९ लाख रहेको छ। मूल्य र आम्दानी अनुपात चाही करिव २० गुणा रहेको छ भने निस्क्रिय कर्जा ०  दशमलव ६२  प्रतिशत रहेको छ। कम्पनीको किताबी मूल्य १२५ रुपैयाँ  ७२ पैसा रहेको छ।

निक्षेप संकलन १४४ प्रतिशतले वृद्धि भएर १९ करोड २६ लाख पुगेको छ भने सापटी रकम ४४ प्रतिशतले वृद्धि भएर ७० करोड ६७ लाख पुगेको छ।  कर्जा प्रवाह ११० प्रतिशतले वृद्धि भएर ९५ करोड ५६ लाख पुगेको छ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS