नेप्से ७ अंकले बढ्दा कारोबार न्यून

97

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा हरीयाली छाएको छ । नेप्से आज ७.७९ अंकले बढेर ११४२.६० बिन्दूमा पुगेको छ । कुल १५३ वटा कम्पनीका ६ लाख ४ हजार कित्ता शेयर १६ करोड ३७ लाख रुपैयाँभन्दा केही बढीको कारोबार भएको छ ।

बुधबार कारोबारमा आएका सबै समूह बढेका छन् । यस दिन पनि प्रभु बैंकको सबैभन्दा बढी कारोबार भएको छ । बैंकको आज दुई करोड ७२ लाख रुपैयाँको कारोबार भएको छ ।

नेको इन्स्योरेन्सका लगानीकर्ताले धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य ५.९८ प्रतिशतले बढेको छ ।
दिव्यश्वरी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ५.३५ प्रतिशतले घटेको छ ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्