जिल्ला प्रशासन कार्यालयमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालनमा

108

काठमाडौं । प्रभु बैंकले चितवनको भरतपुर महानगरपालिकास्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । उक्त काउन्टरको उद्घाटन चितवनका प्रमुख जिल्ला अधिकृत जितेन्द्र बस्नेतले गरे ।

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा सेवाग्राहीहरुले बिना झण्झट रकम जम्मा गरी सरल र सहज रुपमा जिल्ला प्रशासन कार्यलयको काम गर्न सक्नेछन् ।

हालसम्म बैंकले १९६ वटा शाखा कार्यालय, १ सय ५२ वटा एटिएम, ३५ वटा एक्स्टेन्सन काउण्टर तथा १९ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्फत बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्