IME Life
Beema Board

भारत–पाकिस्तानबीचको भिषण बमबारीमा दुई नेपालीको मृत्यु !

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । हिजो भारत र पाकिस्तानबीच भिषण युद्ध चलेको छ । विवादास्पद कास्मिरको सीमा क्षेत्रमा दुई देशका बीचमा चलेको भिषण युद्धमा दुवैतर्फका गरी कम्तीमा एक दर्जनको ज्यान गएको अनुमान गरिएको छ । जसमध्ये दुई जना भारतीय सैनिकको मृत्यु भएको छ । मृत्यु हुने भारतीय सैनिकहरु नेपाली मूल भएको खुलेको छ । यद्यपि उनीहरु नेपाली हुन् वा नेपाली भाषी भारतीय हुन भन्ने खुलाइएको छैन ।भारत–पाकिस्तानबीचको आइतबार विहान भएको युद्धमा पदमबहादुर श्रेष्ठ र गामिल कुमार श्रेष्ठको मृत्यु भएको छ । आइतबार विहानै पाकिस्तान नियन्त्रित कश्मिर (पीओके) मा भारतीय सेनाले आक्रमण गरेको थियो । सो क्रममा भारतले तीन वटा पाकिस्तानी आतंकवादीको क्याम्प ध्वस्त पार्दै ६ देखि १० जना पाकिस्तानी सेनाको मृत्यु भएको भारतीय सेनाको दावी छ । भारतीय सेनाका प्रमुख विपिन रावतले दुई देशका बीचमा युद्ध भएको स्वीकार गरेका छन् ।

भारतको आक्रमणपछि पाकिस्तानले पनि जवाफी प्रत्याक्रमण गरेको थियो । पाकिस्तानतर्फबाट भएको आक्रमणबाट भारतीय सेनामा कार्यरत हवल्दार पदमबहादुर श्रेष्ठ र राइफलम्यान गामिल कुमार श्रेष्ठको मृत्यु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । युद्धमा मारिएका दुई जना नेपाली मूल मात्रै नभई नेपाली हुनसक्ने जनाइएको छ । यद्यपि स्वतन्त्र पुष्टि भइसकेको छैन । नेपाल सरकारले समेत सो सम्बन्धमा कुनै चासो व्यक्त गरेको छैन । भारत र पाकिस्तान दुवैले एकअर्कालाई युद्धविराम उल्लंघन गरेको आरोप लगाएका छन् ।

Prabhu
Crest

आणविक शक्ति सम्पन्न दुई देशबीचको युद्ध चर्कदै गर्दा औद्योगिक क्षेत्रमा समेत जोखिम बढ्ने देखिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS