IME Life
Beema Board

बाम खेमाका कुमार पन्त एनआरएनमा निर्वाचित

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । विभिन्न कारणले विवादमा तानिएको गैर आवासीय नेपाली संघ (एनआरएन) को कामाडौंमा सम्पन्न विश्व सम्मेलनबाट वाम खेमाका भनेर चिनिएका कुमार पन्त निर्वाचित भएका छन् ।

दो प्रयासपछि हिजो साँझ सम्पन्न भएको निर्वाचनमा पन्त बिजयी भएका हुन् । यद्यपि औपचारिक घोषणा हुन भने बाँकी छ । प्रतिस्पर्धी कूल आचार्यलाई करिब २०० हाराहारी मतले पछाडि पार्दै बिजयी भएको मतगणनास्थलबाट प्राप्त समाचारमा जनाइएको छ ।संघको नयाँ कार्यकालका लागि बिहीबार निर्वाचन भएको थियो । बुधबारका लागि तोकिएको निर्वाचनमा विद्युतीय मतदान गर्ने मेशिन बिग्रेपछि निर्वाचन नै स्थगित गरेर भालिपल्ट पुनः मतपत्र छापेर निर्वाचन सम्पन्न गरिएको थियो । हिजै रातिदेखि जारी मतगणनामा प्रतिस्पर्धी कुल आचार्यलाई परास्त गर्दै पन्त विजयी बनेका हुन् ।

Prabhu
Crest

गोरखा निवासी पन्त वामपन्थी खेमामा मानिएका छन् । यसअघि एनआरएनमा राजनीति हावी भएको भन्दै संस्थापक अध्यक्ष उपेन्द्र महतोले बहिस्कार गरेका थिए । पन्त यसअघि एनआरएनएको दुई कार्यकाल उपाध्यक्ष थिए भने आचार्य पनि निवर्तमान उपाध्यक्ष नै हुन् ।

उपाध्यक्ष बद्री केसी, सोनाम लामा, अर्जुनकुमार श्रेष्ठ निर्वाचित भएका छन् । बाँकी पदको मत परिणाम आइस्केको छैन । एनआरएनमा कूल ४२ पदका लागि दुई हजार आठ सय मतदाताले मतदान गरेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS