IME Life

बीमा कम्पनीहरु पहिलो त्रैमासिक वित्तीय विवरणमा व्यस्त

SPIL
NIC ASIA

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमास सकिनै लागेको छ । दशैंमा बन्द रहेका कार्यालय खुलेपछि सबै बीमा कम्पनीहरु पहिलो त्रैमासको वित्तीय विवरणमा केन्द्रीत हुन थालेका छन् । शेयर लगानीकर्तालाई प्रतिफल (मुनाफा), बीमितलाई जीवन बीमा कोष बृद्धि (जीवन बीमा कम्पनीको हकमा) बृद्धि गर्न टार्गेट पुर्याउन तथा वित्तीय विवरणमा राम्रो बनाउन दौडधुपमा व्यस्त छन् ।

Prabhu
Crest

अधिकांश बीमा कम्पनीका सिईओ तथा उच्च पदस्थ कर्मचारीहरु यतिबेला वित्तीय विवरण राम्रो बनाउने अभियानमा व्यस्त रहेका छन् । इन्स्योरेन्स खवरसँग एक निर्जिवन बीमा कम्पनीका सिईओले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘अबको एक साता केही हेर्ने अवस्था छैन, आर्थिक वर्षको पहिलो वित्तीय विवरण राम्रो बनाउन नसके पछिसम्म असर गर्छ । त्यसैले सकेसम्म कम्पनीको वित्तीय विवरणमा प्रभाव पार्ने काममा व्यस्त छौं ।’

अर्का एक बीमा कम्पनीका सिईओले भने, ‘पहिलो त्रैमासको भोलि अन्तिम दिन हो, दौडधुप त हुने नै भयो । तर हामी बीमाकर्मीहरुको यो ड्युटी नै हो नि । वित्तीय विवरण राम्रो बनाउन मेहनत त गर्नै पर्यो ।’ जीवन बीमा कम्पनीहरुले एजेन्सीहरुलाई टार्गेट दिएर व्यापक दवाव दिइरहेका छन् । त्यस्तै निर्जिवन बीमा कम्पनीहरु पनि आफ्ना शाखा, मार्केटिङ शाखामार्फत दवाव सिर्जना गरी टार्गेट पुर्याउन लागि परेका छन् ।

नेपालमा हाल कूल ४० वटा बीमा कम्पनीहरु छन् । १९ जीवन बीमा, २० वटा निर्जिवन बीमा र एक वटा पुनर्बीमा कम्पनी रहेका छन् । चालु आवको पहिलो त्रैमासिकको भोलि बिहिवार अन्तिम दिन हो । यसअघि जीवन बीमा कम्पनीहरुले ब्याकडेटेड बीमा पोलिसी जारी गरेर बीमा वित्तीय विवरण राम्रो बनाउँदै आएकोमा यस पटकदेखि बीमा समितिले ब्याक डेटेड पोलिसी जारी गर्न कडाई गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS