काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले भोली मंगलबार (असोज २८ गते) वार्षिक साधारण सभा बोलाएको छ । दशौं वार्षिक साधारण सभा आम्रपाली ब्यांकेट भाटभटेनी, काठमाडौंमा बिहान ११ बजे बोलाएको संस्थाले जनाएको छ
संस्थाले गत आर्थिक वर्ष २०७५–०७६ को नाफाबाट १७ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने मुख्य प्रस्ताव सभामा पेश गर्नेछ ।
साधारण सभाका लागि असोज १४ गतेदेखि असोज २८ गतेसम्म बुक क्लोज गरेको छ । असोज १३ गतेसम्म सेयर खरिद गरी कायम लगानीकर्ताले मात्र सभामा भाग लिन र लाभांश दाबी गर्न पाउने छन् ।
लघुवित्तले लगानीकर्तालाई ६८ करोड ४३ लाख ९३ हजार ८०० रुपैयाँ चुक्ता पूँजीको १७ प्रतिशत ले हुने ११ करोड ६३ लाख ४६ हजार रुपैयाँ बराबरको बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.८९ प्रतिशत अर्थात ६१ लाख २३ हजार ५२३ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
सभाले रिक्त सञ्चालकको पदपूर्ति अनुमोदन गर्नेछ । यसैगरी, गत आवको नाफा नोक्सान हिसाबमाथि छलफल गरी पारित गर्नेछ ।
ख