काठमाडौं । शनिबार दुई दिने राजकीय भ्रमणमा नेपाल आएका चिनियाँ समकक्षी सी जिनपिङलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी अपरान्ह विमानस्थल पुगिन् । विमानस्थलमा चिनियाँ राष्ट्रतिको स्वागत गर्दा कलेजी रंगको ब्लाउज र सुनौलो रंगको सारी लगाएकी भण्डारीले साँझ शितलनिवासमा औपचारिक भेटवार्ता गर्दा भने अर्कै पोशाकमा थिईन् ।
विमानस्थलमै नेपाली सेनाले सलामी चढाउने, परिचय गराउने कार्यक्रम सम्पन्न गरेर शितल निवास फर्केपछि राष्ट्रपति भण्डारीले लगाएको सारी बदलिएको थियो । सुरुमा गोल्डेन कलरमा देखिएकी भण्डारी साँझ चिनियाँ सकमक्षी सीसँगको भेटवार्तामा राष्ट्रपति भण्डारीको सारीको रंग कालो थियो । कालो पृष्ठभूमिमा सिल्भर टल्किने सारीमा निलो रंगको ब्लाउज लगाएर सीसँगको भेटवार्ता र रात्रीभोजमा सरिक भएकी थिइन् ।
उता, चिनियाँ राष्ट्रपति सी जिनपिङले भने व्यस्त कार्यतालिकाका कारण कोट फेर्न भ्याएनन् वा एउटै ड्रेस प्रयोग गर्ने निधो गरे तर बाहिर हेर्दा उनको कोटको रंग फेरिएन । काठमाडौंबाट फर्कदा उनले कोट बदले पनि रंग भने उस्तै थियो । चिनियाँ राष्ट्रपति सीको टाई भने फेरिएको थियो । विमानस्थलमा आकाशे रंगको टाई थियो भने साँझ राष्ट्रपति भण्डारीसँग भेटवार्ताको क्रममा रातो टाई लगाएका थिए ।
कालो–निलो मिसिएको कोटमा विमानस्थलमा देखिएका चिनियाँ राष्ट्रपति सी रातिको रात्रीभोजमा समेत सोही ड्रेसमा थिए । त्यस्तै आइतबार विमानस्थलमा चिनियाँ समकक्षी सीलाई विदाईमा जाँदा राष्ट्रपति भण्डारीको सारी बदलिएको थियो । आईतबार भण्डारी बुट्टे सारीमा सुनौलो रंगको ब्लाउजमा थिईन् ।