काठमाडौं । जापानमा शत्तिशाली आँधीका कारण लाखौं मानिस विस्थापित भएका छन् भने खर्बौ मूल्य बराबरको सम्पत्ति नष्ट भएको छ । जापानको राजधानी टोक्योसहितका दर्जनौं शहरहरुमा टाईफून हिगीबिसले क्षति पुर्याएको छ ।
जापानमा रहेको एक लाख नेपालीहरु समेत आँधीबाट प्रभावित भएको जानकारी सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।
यसैबीच, आइतबारै अपरान्ह जापानमा साढे पाँच रेक्टर स्केलको भूकम्प गएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
आँधीबाट जापानमा पुगेको क्षतिबाट पुनर्बीमा कम्पनीमाथि ठूलो रकम आर्थिक भार पर्ने आंकलन गरिएको छ । जापानमा स्वीस री, आरजीए लगायतका कम्पनीहरुको ठूलो मात्रामा बीमा गरेको प्रारम्भिक अनुमान गरिएको छ ।