IME Life

माछापुच्छ्रे बैंकको बार्षिकउत्सव सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो १९औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा केन्द्रिय कार्यालय तथा सम्पूर्ण शाखा कार्यालयहरुमा केक काटेर वार्षिकोत्सव मनाएको छ । केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले केक काटेका थिए ।

हरेक वर्ष असोज १७ गतेलाई वार्षिकोत्सव दिनको रुपमा मनाउने बैंकले यसवर्ष १९ औँ वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकहरुलाई विभिन्न १९ प्रकारका विशेष सुविधाहरु प्रदान गर्दै आएको छ । बैंकले आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा हरेक वर्ष माछापुच्छ्रे महोत्सवको आयोजना गर्दै विभिन्न छुटहरु प्रदान गर्दै आएको छ । यसवर्षपनि बैंकले बैंकिङ कारोबार शुरु गरेकोे १९ वर्ष पुरा गरी २० औं बर्षमा प्रवेशको उपलक्ष्यमा असोज महिना भरी आफ्नो सम्पूर्ण शाखाहरु मार्फत विभिन्न १९ प्रकारका थप सुविधाहरु प्रदान गरीरहेको छ ।

Prabhu
Crest

बैंकले ग्राहक महानुभावहरुलाई असोज महिनाभर निःशुल्क डेबिट कार्ड प्रदान गरीरहेको छ भने डिम्याट खाता तथा मेरो सेयर खाता निशुल्क खोलीरहेको छ । योजना अवधिभर लकर सुविधा लिन चाहने ग्राहकलाई ५० प्रतिशत छुट, ५ वा ५ जना भन्दा वढिको समुहमा क्रेडिट कार्ड लिनेलाई कार्ड जारी शुल्कमा शतप्रतिशत छुट दिएको छ ।

बैंकको डलर कार्ड जारी शुल्कमा पनि ५० प्रतिशत छुट, आइएनआर÷युएसडी र ट्राभल ड्राफ्ट जारी शुल्कमा ५० प्रतिशत छुट, गुड फर पेमेन्टमा पनि ५० प्रतिशत छुट लगायतका अन्य थुपै सुविधा प्रदान गर्नेछ । बैंकले प्रदान गर्ने विभिन्न सुविधाहरुको भरपुर फाईदा उठाउन इच्छुक महानुभावहरुले आफ्नो नजिकको शाखामा गई माछापुच्छे महोत्सवमा सहभागी हुन सक्नुहुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS