काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ४० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट २६ प्रतिशत बोनस र १४ प्रतिशत नगद गरी कुल ४० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीले १० करोड ३५ लाख १० हजार ९८४ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । त्यस्तै, ८ करोड ८० लाख ४४ हजार ३७६ रुपैयाँ नगद बाँड्ने प्रस्ताव गरेको छ ।
सञ्चालक समितिको निर्णय अनुमोदनका लागि नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गरिने स्वावलम्बनले जनाएको छ ।
हाल लघुवित्तलकोे चुक्ता पुँजी ६२ करोड ८८ लाख ८८ हजार रुपैयाँ रहको छ । बोनस सेयरपछि पुँजी ७९ करोड २३ लाख ९८ हजार रुपैयाँ पुग्नेछ ।