IME Life

चिनियाँ राष्ट्रपति जिनपिङ दुई तल्ले जहाज चढेर काठमाडौं आउने

SPIL
NIC ASIA
फाइल तस्विर

काठमाडौं । दशैंकै आसपासमा नेपाल आउन लागेको चिनियाँ राष्ट्रपति सि जिनपिङ दुईतल्ले जहाज चढेर काठमाडौं आउने भएका छन् । पहाड नै पहाडले घेरिकएको र छोटो धावनमार्ग भएका कारण परिक्षण उडानको लागि एयर चाईनाको बोईङ ७४७ जहाज बुधबार काठमाडौंमा अवतरण गरेको छ ।

बुधबार काठमाडौंमा अवतरण गरेको दुई तल्ले जहाज त्रिभुवन विमानस्थलमा सम्भवतः पहिलो पटक अवतरण गरेको छ । विमानस्थल स्रोतले यसअघि पनि दुई तल्ले जहाज काठमाडौंस्थित विमानस्थलमा अवतरण गरेको दावी गरेपनि कुन जहाज र कहिले अवतरण गरेको हो भन्ने जानकारी दिन सकेन ।

Prabhu
Crest

लामो दुरीको यात्रुबाहक जहाज बोईङ ७४७–८०० मा तीन सय ६५ जना सम्म यात्रु अटाउँछन् । दुई तल्ले जहाजको माथिल्लो तल्लामा २१ वटा बिजनेस सिट राखिएको हुन्छ ।

काठमाडौंस्थित त्रिभुवन विमानस्थलको धावनमार्ग छोटो भएका कारण दुई तल्ले जहाजहरुलाई अवतरण गर्न कठिन छ । साथै वरपरका अग्ला पहाडहरुका कारण पनि उडान र अवतरण कठिन छ । दुई तल्ले जहाजको परिक्षण उडान सफल भएसँगै काठमाडौं विमानस्थलमा अब डबल टेकर अर्थात १५ किलोमिटरसम्म दुरीमा उड्न सक्ने जहाज उडान र अवतरण सम्भव भएको छ ।

राष्ट्रपति जिनपिङको भ्रमण तालिका भने सार्वजनिक भइसकेको छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS