काठमाडौं । ग्लोबल आइएमई बैंकले दुईवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले लमजुङ्ग जिल्लाको बेशीशहर नगरपालिका वडा नं. १, उदीपुर र सर्लाही जिल्लाको लालबन्दी नगरपालिका वडा नं १, नवलपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकले हाल १४८ शाखा, ३० वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, १४८ एटिएम, १८९ शाखा रहित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।