IME Life
Beema Board

बैंक अफ काठमान्डूको १७% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बैंक अफ काठमान्डूको १७ प्रतिशत लाभांश सुरक्षित गर्ने आज बुधबार अन्तिम दिन रहेको छ । असोज ३० गते हुने साधारण सभाका लागि बैंकले बिहीबार (असोज १६ गते) देखि सभा हुने दिनसम्म बुक क्लोेज गर्दैछ । यसर्थ, बुधबारसम्म कायम सेयरधनीले मात्र लाभांश सुरक्षित गर्न सक्ने बैंकले जनाएको छ ।

उक्त साधारण सभा एलिस रिसेप्सन, गैह्रीधारा काठमाडौंमा बिहान १० बजे सुरु हुने बैंकले जानकारी दिएको छ ।

Prabhu
Crest

सभामा बैंकले गत वर्षको कमाईबाट ११ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । बोनसपछि चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम नियमावली संशोधन गर्ने एजेन्डा पनि रहनेछ ।

त्यस्तै, सभामा आर्थिक वर्ष २०७५–७६ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पनि छ । साथै, आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

हाल बैंक अफ काठमान्डूको चुक्ता पुँजी ८ अर्ब ६ करोड ३१ लाख १ हजार रुपैयाँ रहेको छ । ६ प्रतिशत बोनस वितरणपछि बैंकको चुक्ता पुँजी ८ अर्ब ५४ करोड ६८ लाख ८७ हजार ६० रुपैयाँ पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS