IME Life

सनराइज फर्स्ट म्युचुअल फण्डको इकाईमा आवेदन दिने समय लम्बियो

SPIL
Sanima Reliance

काठमाडौं । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सनराइज फर्स्ट म्युचुअल फण्डको इकाईमा आवेदन दिने समय लम्बिएको छ । योजनाको इकाईमा कार्तिक ७ गतेसम्म आवेदन दिन सकिने भएको छ । यसअघि योजनाको इकाइमा आवेदन दिने छिटो अवधि असोज १२ गतेसम्म थियो ।

योजनाले असोज ८ गतेदेखि रू. १० अंकित दरको १० करोड कित्ता इकाइ विक्रीमा ल्याएको थियो । जसमध्ये १ करोड ५० लाख कित्ता कोष प्रवर्द्धक सनराइज बैंकलाई सुरक्षित राखी बाँकी रहेको ८ करोड ५० लाख कित्ता इकाइ सार्वजनिक निष्कासनमार्फत विक्रीमा ल्याएको हो । ।

Crest
Meta Holidays

आवेदकले न्यूनतम १०० कित्ता र अधिकतममा १ करोड कित्तासम्म आवेदन दिन सक्नेछन् ।

आवेदकहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् । निष्कासन तथा विक्री प्रबन्धकको काम सनराइज क्यापिटल लिमिटेडले गरेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x