IME Life

नेपाल इन्स्यारेन्स ७३ औँ वर्षमा प्रवेश (भिडियोसहित)

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौँ । नेपालको पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्स ७२ औँ वर्ष पूरा गरि ७३ औँ वर्षमा प्रवेश गरेको छ । कम्पनीले बुधबार एक कार्यक्रमका बीच ७३ औँ वार्षिक उत्सव सम्पन्न गरेको हो ।

७३ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष अर्जुन पौडेल शर्माले कम्पनीलाई ज्येष्ठका साथै श्रेष्ठ बनाउने अभियानमा रहेको बताए । उनले कम्पनीले चालेको अभियानलाई सफलता दिन कम्पनीमा कार्यरत सबै कर्मचारीहरुको साथ रहनुपर्ने कुरामा जोड दिए । त्यस्तै, कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहले नेपाल इन्स्योरेन्स उत्कृष्टताको यात्रामा हिडिसकेको धारणा राखेका थिए ।

Crest

आफ्नो ७३ औँ वार्षिकोत्सवको अवसरमा कम्पनीले उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरेको थियो । वार्षिकोत्सव समारोहमा कम्पनीमा २५ वर्ष देखि कार्यरत कर्मचारीलाई दिर्घ सेवा पदक प्रदान गरिएको थियो । त्यस्तै, २० वर्षको सेवा अवधि पूरा गरेका कर्मचारीहरु समेत पुरस्कृत भएका थिए । साथै, सो कार्यक्रममा कम्पनीले उत्कृष्ट शाखा प्रमुखहरुलाई पनि सम्मान गरेको थियो ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS