नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृतमा कृष्णबहादुर अधिकारी नियुक्त

162

काठमाडौं । नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा कृष्णबहादुर अधिकारी नियुक्त भएका छन् । शनिबार बसेको बैंक सञ्चालक समिति बैठकले अधिकारीलाई ४ बर्ष कार्यकालका लागि प्रमुख कार्यकारी पदमा नियुक्त गरेको बैंकले जनाएको छ ।

बैंकका डेपुटी सिइओ रहेका अधिकारी प्रमुख कार्यकारीबाट देवेन्द्रप्रताप शाह अवकास भएपछि कामु सिइओ बनेका थिए । उनले ६ महिनादेखि बैंकको नेतृत्व सम्हाल्दै आएका थिए ।

उनले २०६१ देखि सहायक प्रबन्धक (छैठौं) तहबाट बैंकिङ करियर सुरु गरेका थिए । उनले त्रिभुवन विश्वविद्यालयबाट एमबिए गरेका हुन् भने पूर्वाञ्चल विश्वविद्यालयबाट इएमबिए गरेका छन् ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्