IME Life
GBIME

देव: विकास बैंक र सेलपेबीच सम्झोता

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । देव विकास बैंक र सेल पेबीच सम्झोता भएको छ । बैंकले नेपालमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि भर्खरै संचालनमा आएको नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको जनाएको छ ।

सहकार्य सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठ र सेलकम प्रा.लि. का प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका हुन् ।

Crest

देव विकास बैंकका ग्राहकहरुले सेलपेमा आफ्नो खाता आवद्ध गर्ने वित्तिकै रु. १०० को मोबाइल रिचार्ज (टप–अप) पाउने, सेलपेमार्फत बिलहरुको भुक्तानी गर्दा आकर्षक लोयाल्टी पोईन्ट पनि पाउने छन् ।

सेलपे, सेलकम प्रा.लि.द्वारा संचालित, नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक हो, जसले मोबाइल तथा वेबको माध्यमबाट आफ्नो बैंक खातामार्फत डिजिटल माध्यमबाट भुक्तानी तथा रकम स्थानान्तरण सेवा प्रदान गर्दछ ।

भुक्तानी सुरक्षित तथा विश्वसनीय बनाउनका लागि सेलपेलाई विभिन्न अन्तर्रा्ष्ट्रिय मापदण्ड अनुसार सुरक्षा प्रणालीभित्र रही विकास गरिएको छ । सेलपे मार्फत गरिएको भुक्तानी उही समयमा हुन्छ ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS