काठमाडौं । आज बुधबार शेयर बजार सामान्य अंकले घटेको छ । नेप्से ३ दशमलव ०३ अंकले घटेर १,१३१ दशमलव ५३ को विन्दुमा कायम भएको छ । माइक्रोफाइनान्स र अन्य बाहेक सबै उपसूचक घटेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समुह २२ अंकले घटेको छ ।
दिनभरिमा १ सय ६६ वटा कम्पनीको ७ लाख ७७ हजार ७ सय ३५ कित्ता शेयर किनबेच हुँदा १६ करोड ६९ लाख २१ हजार ७ सय ९९ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट र नेपाल बैंकको ८० लाभन्दा बढीको कारोबार भएको छ ।
त्यस्तै, प्रभु बैंकको ६८ लाख रुपैयाँको कारोबरा भएको छ भने नेपाल लाइफ इन्स्योरेन्स, एनआइसी एशिया बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र बैंक अफ काठमाडौंको ५० लामाथिको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै खाँनिखोला हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै ९ प्रतिशका दरले कमाएका छन् भने सबैभन्दा धेरै तिनाउ मिसन डेभलपमेन्ट बैंका लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका छन् ।