काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वरिष्ठ अभिकर्ताहरुको राष्ट्रिय सम्मेलन “चेयरपर्शन क्लब” समारोह काठमाण्डौंमा आईतवार सम्पन्न भएको छ । कम्पनीले उक्त समारोहमा ४७ हजार ४ सय अभिकर्ताहरु मध्ये उत्कृष्ट ब्यवसाय गर्ने २ सय ३७ जना अभिकर्ताहरुलाई सम्मानित गरेको थियो ।
कार्यक्रमको समुद्घाटन गर्दै कम्पनी अध्यक्ष प्रेमा सिंहले कम्पनीको विविध पक्ष वारे जानकारी गराउदै कम्पनी वित्तिय एवं संरचनागत हिसाबले राम्रो रहेको, कम्पनीको जीवन बीमा कोष २७ अरब भन्दा बढी पुगेको र चुक्ता पूँजी नियामक निकायले तोकेको दुई अरब लाई पार गरेर हाल तिन अरब पुगेको अवगत गराए ।
कार्यक्रममा कार्यकारी प्रमुख भरत वस्नेतले चालु आर्थिक बर्षमा कम्पनीले सन्तोषजनक ब्यवसाय गरेको र नेपालको जीवन बीमा क्षेत्रमा महत्वपूर्ण स्थान हासिल गरेको बताए ।
समारोहमा एजेन्सी म्यानेजरको वर्गमा नेपाल भरीमा प्रथम, द्वितिय र तृतीय हुनेलाई क्रमशः चार लाख, तीन लाख र दुई लाख नगद पुरस्कार र सम्मान पत्र प्रदान गरिएको थियो । साथै ब्यक्तिगत अभिकर्तामा नेपाल भरीमा प्रथम, द्वितिय एवं तृतिय हुनेलाई क्रमशः .दुई लाख ५० हजार , दुई लाख र एक लाख नगद पुरस्कार र सम्मान पत्र प्रदान गरेको थियो । यसै गरी ७ वटा प्रदेशमा प्रथम, द्वितिय र तृतिय हुनेलाई समेत नगद पुरस्कार र सम्मान पत्र प्रदान गरेको थियो ।
समारोहमा अभिकर्ताहरुको क्षमता अभिवृद्धि गर्ने प्रयोजनको लागि भारतवाट आएका प्रख्यात प्रशिक्षक टि.एस.मदानवाट प्रशिक्षण कार्यक्रम संचालन गरिएको थियो । मदान भारतको जीवन बीमा क्षेत्रमा एक चिर परिचित ब्यक्तित्व हुनुहुन्छ र यस्तो प्रशिक्षण संचालनमा ठूलो ख्याती आर्जन गर्नु भएको छ । मदानको प्रशिक्षण कार्यक्रम अत्यन्त उत्साह प्रद र सफल रहेको कम्पनीले जनाएको छ ।