दशैं, नयाँ नोट, नोटको आयु र बैंकरको तनाव

805
मनोज कुमार ज्ञवाली, सिईओ, ज्योति विकास बैंक लि.

यो दशैंमा पुन नयाँ नोट बाढ््न बन्द होला कि सोचेको पुनः सुचना आयो । राष्ट्र बैंकले जारी गरेको सुचनाको पुछारमा महत्वपुर्ण सुचना छ तर पनी नयाँ नोट जारी गर्ने सुचना फेरि जारी गरियो । नयाँ नोट दशै तिहारमा भन्दा पुरानो र झुत्रो नोटहरु सट्टाभर्ना गर्ने प्रयोजनको लागी मात्रै गर्न पाए राम्रो हुन्थ्यो ।

नयाँ नोटबारे सबैले स्वीकार गर्ने र सोच्नुपर्ने दश बुंदाहरुः
१. एकदमै नयाँ नोटहरु चाडपर्व मै बाढ्यो भने टीका, पानी, अक्षताहरु समेत लागेर छिटो झुत्रो र मैलो हुन्छ । दशैंमा पहिले नयाँ नोट बाढ्न र व्यवस्थापनको समस्या दशै सकिदा साथ बैंकका शाखाहरुको भल्टमा समेत नअट्ने गरि जम्मा हुन आएका छ ५–१० फोहोर पारिएका नोटहरुको व्यवस्थापनको झमेला ।

२. सानो दरका नोटहरु बिनिमयको साधन नभई बच्चाहरुले खेलौनाको रुपमा प्रयोग गरी महिना दिन मै झुत्रो पार्छन् ।
३. दक्षीणा दिएको नयाँ हजारको नोट न त एक हजार पचास रुपैयामा चल्छ न त दक्षीणा पाउनेले जीवनभर सम्हालेर राख्छ अनी नयाँं नोट नै दिनुपर्ने कुनै कारण देखिन्न । दशैंमा बाढ्ने लक्ष्यका साथ ४०–५० करोडप्रति नयाँ नोटहरु छपाएर ल्याईन्छ जसको खर्च एकातिर हुन्छ भने व्यव्स्थापनको झमेला अर्कोतिर हुन्छ ।

४. दक्षीणामा नयाँ नोट दिने भनेर सटही हुन्छ तर तास खेल्न, खर्च गर्न सबै काममा नयाँ नोट नै प्रयोगमा आउछ । नयाँ नोटहरु गाउँगाउँसम्म चलनचल्तीमा पुरयाईन्छ र दशैपछि सोहि रकमहरु नोटकोष मार्फत फेरी नेपाल राष्ट्र बैकमा ल्याउन पनी ठूलै खर्च हुने गरेको छ । आ.ब. २०७४।०७५ मा ५८ वटा नोटकोषमा ४४५ पटक तोडाचलान गरि रु १२९ अर्ब पुर्याईएको देखिन्छ भने ७५ पटक तोडा दाखिलामार्फत रु १७ अर्ब अरब जम्मा भएको देखिन्छ । यसमा गाडी मात्र होईन हेलिकोप्टर समेत प्रयोग हुन्छ । यो खर्च नै ठूलै हुन्छ ।

५. दशै शुरु हुनु १५ दिन पहिलेदेखि भल्टमा नअट्ने गरी नगद राख्नुपर्ने । ग्राहकले भनेको रकम दिनलाई बैकका कर्मचारीहरुलाई हम्मे हम्मे पर्ने गर्दछ । भनेजति रकम राष्ट्र बैकले नदिने, कुनै ग्राहकलाई दिन सकिने त कसैलाई नसकिने हुन्छ जसको कारण ग्राहक सम्बन्ध व्यवस्थापन नै चुनौतिपुर्ण हुन जान्छ । बैंकका कर्मचारीले ‘मोबाईलको स्वीच अफ नै गरौ’को स्थितिमा पुग्छन् ।

६.बैकहरु अब मोबाईल बैंकिङ, क्वूआर कोड, इन्टरनेट बैंकिङ, आईपिएस कनेक्टि मार्फत एउटा बैकको खाताबाट अर्को बैकको खातासमेतमा रकम पठाउन सक्षम भैसकेको बेला यस्तो अवसरलाई डिजिटल मनी ट्रान्सफरलाई जनमानसमा अझै स्थापित गर्न सकिने गरी उपयोग गर्न सकिएको भए मुद्राको चलन घटाउन सहयोग पुग्थ्यो । हाल छ खर्ब भन्दा बढि रकम बराबरका नोटहरु चलन चल्तीमा छन भने नेपाल राष्ट्र बैंकले नोट छापेर राखेको अनि निष्काशन गर्न बाँकि लगभग रु १.४४ अर्बका नयाँ नोटहरु र रु. २३ करोड लागत बराबरका सिक्काहरु असार मसान्त २०७५ मा नेपाल राष्ट्र बैकको स्टकमा थिए । नोट छपाईको खर्च प्रति नोट रु. एकदेखि रु.चारसम्म पर्दछ । जति बढि सुरक्षा विशेषताहरु थपियो उति बढि नोट छपाई खर्च लाग्दछ । दशैं ताका नोटको स्टक बढाउने चलन छ र जसको ७०% भन्दा बढि एक हजार दरका नोटहरु छन् भने २० प्रतिशत भन्दा बढि रु पाँच सय दरका नोटहरु छन् । यो मुद्रा चलनचल्तीमा भएको रकमहरुको सट्टा जती डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्न सक्यो त्यति नै निक्षेपको रुपमा सिष्टमभित्र आउछ ।

७. नोटहरु झुत्रो भयो भने नेपाल राष्ट्र बैंकले नयाँ नोटहरु छापेर प्रचलनमा ल्याउछ । यसमा धेरै ठूलो धनराशी खर्च हुन्छ र पैसा विदेशिन्छ । अरु आयात घटाउनुपर्ने दबाब भईरहेको बेला यस्तो फिजुल खर्च नियन्त्रण गर्नु पर्ने देखिन्छ । बर्षेनी ९४।९५ करोड नोट छपाईको कारण विदेशिन्छ ।

८. सामान्यतया, नोटहरुमा प्रयोग हुने कागजको स्तर र नोटलाई सुरक्षित तरिकाले प्रयोग गर्ने अवस्था हेरी नोटहरु चारदेखि छ बर्षमा झुत्रो हुन्छन् अनी नष्ट गर्नुपर्छ तर दशैंमा निष्कासन गरिएका नोटहरु बर्ष दिन टिक्न हम्मे–हम्मे पर्छ भन्ने अनुमान छ ।

९.नोट निष्कासन गर्दा सुन, चाँदी, विदेशी मुद्रा तथा सरकारी सुरक्षणहरुको ब्याकअप राखेर मात्र गर्न पाईन्छ भने नोटहरु राखेर पुजा गर्ने अनी बत्तीहरुबाट, आगलागी भई नोटहरु नष्ट हुने समेत अवस्था बढि यहि दशैं तिहारमा धेरै हुन्छन् । यसरी नष्ट भएका नोटहरु समेत चलनचल्ती कै नोटको रुपमा गणना हुन्छ ।

१०.नेपाल राष्ट्र बैंकले आफ्नै सफा नोट नीतिलाई समेत असहयोग हुने गरी दशैंमा नयाँ नोट जारी गर्ने क्रम रोकिदिएको भए सर्वसाधारणले एक पटकलाई नकारात्मक प्रतिक्रिया दिन्थे होलान तर सधैको लागी नोटको सुरक्षा र सफा नोट राख्ने नीति पनि सहज हुन्थ्यो । बैंकरहरुलाई पनि तनाव कम हुन्थ्यो । नयाँ नोट छैन भनौं राष्ट्र बैंकले नागरिकहरुलाई सटही गर्न सुचना जारी गरी सक्यो, नयाँ नोट ग्राहकले मागेजती होईन पुग्ने गरी नी नेपाल राष्ट्र बैंकले दिदैन । अनी शुरु हुन्छ बैंकरको ‘तनाब’।

समय तोकेर अनि दक्षीणा दिन, खेलौना बनाउन होईन झुत्रो नोटहरु सटही गर्न र बजारमा नोटको निष्कासन चाहिएको अवस्थामा मात्रै नयाँ नोट निष्काशन होस् । सकेसम्म डिजिटल भुक्तानीको प्रबिधी प्रयोग गरौ, आफ्नो देशको नोटहरु सफा अनि सुकिलो राखौं र नोट छाप्ने खर्च समेत बचाऔं ।
जय होस, शुभ होस!!
३ असोज, २०७६

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्