Prabhu Life Ad Final

एनआईसी एशिया बैंक र लोक सेवा आयोगबीच सम्झौता

IME PAY
IME Life

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र लोक सेवा आयोगबीच सम्झौता भएको छ । बैंक र लोक सेवा आयोगबीच लोक सेवा आयोगबाट संकलन हुने दरखास्त दस्तुर वापतको राजश्व एनआईसी एशिया बैंकमार्फत् संकलन गर्ने गरी सम्झौता भएको हो ।

सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र लोक सेवा आयोगको तर्फबाट सहसचिव जानकीराम शर्मा बरालले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौतासँगै देशभर शाखा सञ्जाल रहेको यस बैंकबाट लोकसेवा आयोगको परीक्षाको तयारीमा रहेका परीक्षार्थीहरुलाई दस्तुर भुक्तानी प्रक्रिया सहज हुने बैंकले विश्वास लिएको छ ।

सम्झौता अनुसार लोकसेवा आयोगको परीक्षार्थीहरुले अबदेखि एनआईसी एशिया बैंकको देशभर रहेका २९८ कार्यालयहरु र ७० वटा एक्स्टेन्सन काउण्टरहरुबाट आफूलाई पायक पर्ने स्थानबाट परीक्षा दस्तुर बुझाउन सक्नेछन् ।

हालसम्म बैंकले मुलुकभर २९८ शाखा कार्यालयहरु, ३५९ एटिएम, ७० वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS