काठमाडौं । ग्लोबल आइएमई बैंकले संविधान दिवसको अवसरमा वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ । बैंकले काठमाडौं महानगरपालिका वडा नं. ३ सँगको सहकार्यमा काठमाडौंको पानीपोखरीदेखि महाराजगञ्जसम्मको सडक पेटिका विभिन्न स्थानमा वृक्षारोपण गरेको हो ।
बैंकले उक्त ठाउँहरुमा करीब २०० रुखका विरुवा रोपेको जनाएको छ ।कार्यक्रममा का.म.न.पा. वडा नं. ३ का अध्यक्ष दिपक केसी, बैंकका अध्यक्षचन्द्र प्रसाद ढकाल, कायममुकायम प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाललगायत बैंकका अन्यकर्मचारी र स्थानीयवासीको सहभागिता रहेको थियो ।
साथै, बैंकले संविधानदिवसकै अवसरमा आयोजिर्त यालीमा पनि सहभागिता जनाएको छ । याली बैंकको कर्पोेरेट कार्यालय देखि शुरु भई टुँडिखेलमा नेपाल सरकारद्वारा आयोजित भव्य कार्यक्रममा पुगेर विर्सजन गरिएको बताएको छ ।