काठमाडौं । त्यतिबेला त्रिभुवन विश्व विद्यालयमा उपकूलपति हिरा बहादुर महर्जन थिए । प्राध्यापक चन्द्रमणी पौडेल रेजिष्ट्रार थिए । प्रो. प्रकाशमुनी बज्राचार्य सहित तीन जनाको एक दिन छलफल भयो । बीमा बास्तविक मूल्याङ्कन गर्ने एक्चुरियल साईन्सको पढाई सुरु गर्न पाए दक्ष जनशक्ति नेपालमै उत्पादन हुन्थ्यो अनि नेपालदी बीमा कम्पनीमा एक्चुरीहरुको हाहाकार पनि मेटिन्थ्यो ।
सुरुमा मेलम्चीको पानी काठमाडौ ल्याए जस्तै भएको थियो, तर प्रो. बज्राचार्यले दृढता छोडेनन् र बरु प्राध्यापक चिरिक शोभा ताम्राकार पनि उक्त अभियानमा मिसिन पुगे । त्यसले एउटा स्वरुप ग्रहण गर्यो र अन्ततः २०७२ सालमा त्रिवि अन्तर्गत गणित विज्ञान स्कूलको स्थापना भयो । बर्जाचार्य सुरुवाती दिन सम्झदै भन्छन्, ‘चिरिक शोभा ताम्राकार नभईदिएको भए आज यो स्कुलको स्थापना सायद हुँदैन थियो होला’।
हिरा बहादुर महर्जन उपकुलपति हुँदा देखि नै गणित विज्ञान स्कुल स्थापना गर्ने चर्चा चलेको थियो । लगभग २०७० साल तिर नै गणित विज्ञान स्कुलको चर्चा चले पनि नेतृत्व गर्ने कोही थिएनन् । त्यति बेला विज्ञान शास्त्रका डिन चिरक शोभा ताम्राकार थिए । सुरुमा विज्ञान लगायतका अन्य विभागबाटै विरोध भएकाले पनि एक्चुरील साईन्सको अध्यापन सुरु हुन सकेका थिएन ।
त्यो बेला यो स्कुल स्थापना भए पछि केही डिपार्टहरुलाई असर पुग्ने भन्दै विरोधका आवाजहरु पनि नउठेका भने होईनन् । तर विभिन्न बाधाहरुका वावजुत पनि २०७२ सालको फागुन महिना तिर गणित विज्ञान स्कुलको कार्यविधि शुचारु भयो । ०७३ सालको असारदेखि भने सो स्कुलको निर्देशकको जिम्मा बज्रचार्यलाई सुम्पिएपछि बल्ल एक्चुरियल साईन्सको सपना पूरा हुने दिशातर्फ अघि बढ्यो ।
निर्देशकको जिम्मा पाएका प्रकाशलाई अब कसरी स्कुल चलाउने भन्ने दोधार उत्पन्न भयो । सो समय उनी गणितका प्राध्यापक थिए । सुरुमा रहरै रहरमा गणित विज्ञानको बहस गरेका उनलाई गणित विज्ञान स्कुल स्थापना गर्ने निर्देशन दिएपछि उनको टाउको दुखाई सुरु भयो । म्याथम्याटिकल साइन्स, म्याथम्याटिक फाइनान्स, म्याथम्याटिकल अर्थशास्त्र, म्याथम्याटिकल वायोलोजी लगायतका विषयको पढाई शुरु गर्दा नचल्ने अवस्था थियो । किनकि यी विषय पढाई भईरहेका विषय थिए ।
के विषय पढाउने त भन्ने उत्सुकता राख्दै बज्रचार्यले विषयको खोजी कार्य गर्न थाले । अनुसन्धान गर्दा गर्दै उनले एक्चुरियल साइन्सको आवश्यकता र महत्वबारे पत्ता लगाए । पत्ता लगाए पछि उनले यो के विषय रहेछ भनेर अझै गहिरो अनुसन्धान गर्न तर्फ लागे । नेपालमा यो विषय पढाई नहुने तथ्य फेला पारेका प्रकाशले यहि विषय पढाउने निर्णय गरे ।
उनी भन्छन्, “आफुलाई सो स्कुलको निर्देकको जिम्मा दिएपछि के विषय पढाउने भन्ने बारेमा खोजी कार्य गरे, नेपालमा एक्चुरियल साइन्स पढेका कोही पनि छैनन् र यो नेपालका लागि नभई नहुने देखेर पनि मैले यो विषय पढाउन थाले ।” तर एक्चुरियल साइसन्को लागि के के पढाउने भन्ने थाहा थिएन ।
म्याथको प्राध्यापक प्रकाशलाई एक्चुरीको बारेमा थाहा हुने कुरै पनि भएन । तर एउटा तहको विज्ञता हासिल गरिसकेका प्रोफेसरको रुपमा लामो समय काम गरेका उनका लागि विश्वका अन्य विश्व विद्यालयमा भइरहेको अध्यापन र कोर्सबारे अध्ययन गर्न लामो समय लागेन । त्यसपछि सुरु भयो नेपालमै पहिलो पटक एक्चुरियल साईन्सको अध्यापन । २०७३ सालमा पहिलो ब्याचमा भर्ना खोलियो । भर्ना त खोलियो अब पढाउने कसले ? अर्को समस्या थपियो । हिम्मत हारेनन्, अहिले विद्यार्थीहरुको आकर्षणको केन्द्रबिन्दु बन्न पुगेको छ ।
कोर्स डिजाइन
के विषय पढाउने तयारी पुरा भएपछि कोर्समा के राख्ने भन्ने तनाव त छदै थियो । उनले कोर्सका लागि विश्वका नाम चलेका विश्व विद्यालयका साइटहरु खोल्न थाले । अमेरिकाको स्टेट युनिभर्सिटी अफ इलिनोइजले अध्यापन गर्ने कोर्ष हेरेर प्रकाशले नेपालको लागि कोर्ष तयार पारे । तर पछि इण्डिएन एक्चुरीको सल्लाहमा युकेको आइएफओए अन्तरर्गत रहेर कोर्षको मोडल तयार गरियो ।
कोर्ष त बन्यो तर पढाउने कसले ?
एउटा तहको अनुसन्धान गरेर कोर्स त बनाए तर अब पढाउँछ कसले ? अब अर्को समस्या थपियो । कोर्ष अनुसार सुरुका दुई वर्षमा अध्ययन हुने विषय म्याथम्याटिक्स हुने हुँदा यसमा पढाउने मानिसको खाँचो त थिएन । त्यस मध्ये पनि राम्रा राम्रा शिक्षक छानियो । तर पछिल्लो दुई वर्षमा भने एक्चुरीकै विषय पढाइ हुने हुँदा कसले पढाउने भन्ने समस्या भयो ।
प्रचारमा अर्को समस्या
विषय अनि कोर्सको डिजाइन गरिसके पछि बाँकी थियो विधार्थीको । शुरुका दिनमा विधार्थी तान्न गाहे थियो । शुरुमा त बज्रचार्यले विज्ञापनका लागि आफ्नै फेसबुक प्रयोग गरे । नाम चलेका र सरकारी पत्रिकामा समेत विज्ञापन पनि दिईयो । प्राइभेट जस्तो प्रचारप्रसारका लागि आधार थिएन । १५/१६ वर्षे अध्यापन गरेका बज्रचार्यलाई उनका विधार्थीले साथ दिए । स्कुल सुरु गर्दा पढाउने ठाउँ समेत थिएन । बज्राचार्यले किताब लेटरप्याड र पढाउने सामान झोलामै बोकेर हिँडेको सम्झिए । तर पछि जनप्रसाशन क्याम्पसले अध्यापन गर्ने ठाउँ दियो ।
प्रवेश परीक्षामा मल्टिपल चोइस प्रश्न
प्रवेश परीक्षामा मल्टिपल चोइस प्रश्न सोधिन्छ । परीक्षामा पूर्वाग्रह नहुने हुँदा यस्तो राखिएको उनले बताए । उनले शुरु मै प्रेसर आउँछ भनेर यस्तो मोडालिटी बनाएका थिए । पछिल्लो समयमा त्यस्तो खालको प्रेसर पनि आएका पनि छन् ।
शुरुको वर्ष
प्रचार प्रसार सामान्य खालको भएकाले गर्दा पनि होला पहिलोपटक गणित विज्ञान स्कुलले बल्ल–बल्ल ३० जना विधार्थी पायो । ३० जनालाई भर्ना गरेर पढाउन सुरु गरेको गरियो । स्कुल स्थापना भएको शुरुको वर्षमा ४०÷४५ जना विधार्थी आए । ती मध्ये ३० जनाले भर्ना गरे ।
अध्यापन यात्रा
दोस्रो सत्रमा भने ३१ जनालाई भर्ना गरेर पढाइयो । पहिलो वर्षभन्दा दोस्रो वर्ष केही सजिलो भयो । तेस्रो वर्ष आइपुग्दा यो विषय प्रति रुचि देखियो देखिएको देखिएको थियो । तेस्रो वर्षमा स्कुलले माग गरेको ३६ जनाको कोटा पुरा भयो।त्यस्तै, चौथो वर्ष आईपुग्दा यस विषयप्रति विधार्थी, अभिभावकहरुको आकर्षण बढेको देखिन्छ ।
चौथो वर्षमा प्रवेश गर्दा स्कुललले आफुले मागेको कोटा भन्दा बढी विधार्थी पायो । ३६ जनाको कोटाका लागि २०० जनाले आवेदन दिए । २०० जना मध्ये १६० जना उत्तीर्ण भए । सो मध्ये मेरिट लिष्टबाट ३६ जना विद्यार्थीहरु भर्ना भईसकेका छन् । पहिले विधार्थी तान्दै ल्याउने स्थिति थियो तर आज भर्ना गर्नु पर्यो भनेर विभिन्न खालका प्रेसर आउने गरेको स्कुलका निर्देशक प्रकाश मुनि बज्रचार्य बताउँछन् ।
कोर्समा नेपाली साहित्य र मानवशास्त्र पनि
हाल गणित विज्ञान स्कुलमा पढाइ हुने एक्चुरीको आधारभुत कोर्समा नेपाली साहित्य र मानवशास्त्र विषय पनि समावेश छन् । प्रकाश भन्छन्, “इन्जिनियरिङ, डक्टरको विषयमा हेर्ने हो भने नेपाली विषयहरु प्राय हुँदैनन् । तर मैले यो कोर्सको डिजाइन गर्दा यी विषया राखे ।” तर अहिले विधार्थीहरुको गुनाँसो छ रहेको उनले बताए । बज्रचार्यले नेपाली बीमा बजारमा काम गर्नु पर्यो भने नेपाली समाजको बारेमा केही जानकारी पहिले नै दिने उद्देश्यले यी विषय कोर्समा समावेश गरेका हुन् ।
गणित स्कूल
गणित विज्ञान स्कुलले फत्त बहादुर केसी बीमा समितिको पूर्व अध्यक्ष हुदाँ एउटा कार्यक्रम गर्ने अवसर पाएको थियो । फत्तकै सहयोगले सो कार्यक्रम गरेको बज्रचार्यले बताए । तर पछिल्लो समय बारम्बार सहयोगको माग राख्दा पनि समितिले वास्ता नगरेको प्रकाश बताउँछन् ।
सिईओहरुले पनि झुक्काए गणित स्कुललाई
सुरुवातमा नेपालमा सञ्चालित बीमा कम्पनीका सिईओहरुले विभिन्न किसिमका साथ र सहयोगको आश देखाएका थिए । एक्चुरी सम्बन्धि कार्यक्रम सञ्चालन गर्न साथ दिने उनीहरुको प्रतिवदत्ता त्यत्तिकै सेलाएर गएको गणित विज्ञान स्कूलको अनुभव छ । साथ र सहयोगको अपेक्षा राखेर सो बीमा कम्पनीमा पनि धेरै धाए । तर आज ती सिईओहरुले फोन समेत नउठाउने गणित स्कूलका बज्राचार्यको अनुभव छ ।
को हुन् प्रकाश मुनि बज्रचार्य
प्रकाश मुनि बज्रचार्यको जन्म पाँखुमा भएको हो । काठमाडौंको नरदेवीमा कक्षा ५ सम्मको पढाई सकाएपछि उनी चौतारा पुगे । त्यो बीचमा उनको पढाई दुई वर्ष ग्याप भयो ।
बज्रचार्यले काठमाडौँबाट एसएलसी पास गरे पछि अमृत साइन्स कलेजमा अध्ययन गरे । उनी वि.स. २०४७ सालदेखि निरन्तर रुपमा त्रिभुवन विश्व विधालयमा कार्यरत छन् । उनले नेपालका आधा दर्जन भन्दा बढी कलेजमा अध्यापन गरिसकेका छन् ।
सर्टिफाइड एक्चुरी हुनका लागि १३ वटा पेपर पास
सर्टिफाइड एक्चुरी हुनका लागि १३ वटा पेपर पास गर्नुपर्ने हुन्छ । ७ वटा पेपर पास भएपछि एसोसियटेड एक्चुरीको मान्यता दिईन्छ । बाँकी ६ वटा पेपरलाई फेलो एक्चुरीको नाम दिईएको छ । नेपालमा जम्मा आठ वटा सेमेष्टरमा ७ वटा पेपरको जाँच हुन्छ । फेलोसिपको कोर्स हुँदैन ।
कति चाहिन्छ योग्यता ?
प्लस टु अध्ययन समाप्त गरेका जुनसुकै संकायका विद्यार्थीले पनि यो विषय अध्ययन गर्न पाउँछन् । तर, १०० पूर्णाङको गणित भने पढेको हुनुपर्नेछ । प्रत्येक सेमेस्टरमा एउटा विषयको ७५ पूर्णाङको प्रयोगात्मक परीक्षा हुन्छ । जसमध्ये ४५ अंकको फाइनल, ३० पूर्णाङको आन्तरिक हुन्छ । आन्तरिकमा ६ अंक, गृहकार्यको ६ अंक, ६ अंक हाजिरी र ६ अंकको प्रस्तुतिकरणको अंक जोडिन्छ । चार वर्षको अध्ययन समाप्तिपछि विद्यार्थीहरूले इन्र्टन गर्नुपर्छ ।
शुल्क कति ?
स्नातक तह अध्ययन पूरा गर्न शुल्क करिव चार लाख रुपैयाँ पर्छ । सुरुको वर्ष शुल्क तीन लाख ७० हजार रुपैयाँ कायम गरिएको थियो । तर, यो वर्षदेखि चार लाख रुपैयाँ कायम गरिएको छ । एक सेमेस्टर बराबर ५० हजार रुपैयाँ भुक्तानी गर्नुपर्छ । शुल्क चाहिँ सेमेस्टर पिच्छे बुझाउनु पर्ने नियम छ । उक्त शुल्कबाहेक अन्य कुनै पनि शुल्क लाग्दैन ।
जेहेन्दारलाई छात्रवृत्ति
गणित स्कूलमा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको पनि व्यवस्था गरिएको छ । स्कुलमा ३६ जनाको कोटा छ । जसमध्ये ४ जनालाई छात्रवृत्ति प्रदान गरिन्छ । कलेजले लिने प्रवेश परीक्षामा सर्वोत्कृष्ट हुनेले स्वतः छात्रवृत्ति पाउँछन् । सरकारी विद्यालयबाट पढेर आएका तीनजनालाई उत्कृष्टताका आधारमा छात्रवृत्ति प्रदान गरिने गणित विज्ञान स्कूलले जनाएको छ ।
विश्वमा नै आम्दानीका साथै सम्मानित पेशाका रुपमा एक्चुरियल साईन्सलाई लिने गरिन्छ । विश्वको कुनै एक संस्थाबाट एक्चुरीको उपाधि हासिल गरेका व्यक्तिले जुनसुकै देशमा पनि काम गर्न पाउने प्रावधान छ । बीमा कम्पनीहरूको वित्तीय विवरण तयार पार्नेदेखि लिएर नयाँ बीमा योजना बनाउन समेत बिमांकीको आवश्यकता पर्छ ।
नेपालमा यस्तो जनशक्तिको अभाव छ । अहिले नेपालमा ४० वटा बीमा कम्पनीहरु सञ्चालनमा छन् । एक्चुरी विश्वमै अति सम्मानित र राम्रो कमाई हुने पेशा हो । सर्टिफाई एक्चुरीको आम्दानी औसत अन्य पेशाको तुलनामा आकर्षित रहेको हुन्छ ।