काठमाडौं । एनआइसी एसिया बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको १० प्रतिशत बोनशको मुल्य समायोजन भएको हो । बैंकको बोनशको शेयर मुल्य समायोजन पछि प्रतिकित्ता ४०७ रुपैयाँ २७ पैसालाई आधार मानेर शेयर कारोबार खुलेको छ ।
बैंकले गत वर्षको नाफाबाट ११ दशमलव ०५२६ प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर गरी कुल २१ दशमलव ०५२ प्रतिशत लाभांश दिन लागेको हो ।
हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ८३ करोड ४२ लाख २८ हजार रुपैयाँ छ । प्रस्तावित बोनस वितरणपछि पुँजी ९ अर्ब ७१ करोड ७६ लाख ५० हजार रुपैयाँ पुग्नेछ ।