काठमाडौं । प्रभु बैंक र वित्तीय पहुँच विस्तारमा काम गर्दै आएको संस्था सक्षमबीच समझौता भएको छ । बैंक र सक्षम नेपालबीच कोरिया र भारतमा रहेका २१ हजार नेपालीको बैंक खाता खोल्नका लागि समझदारी भएको जनाएको छ ।
सम्झौतापत्रमा प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र सक्षमका तर्फबाट निर्मल दाहालले हस्ताक्षर गरे ।
सम्झौता पछि प्रभु बैंकले कोरिया र भारतमा रहेका २१ हजार नेपालीहरुको बैंक खाता खोल्नु पर्ने जनाएको छ । सम्झौता पत्रअनुसार कम्तिमा पनि ति परिवारका ६ सय जनालाई कर्जा लगानी गरेर उद्यमशिल बनाउनु पर्ने उल्लेख गरिएको छ ।
यस परियोजनाका लागि सक्षम नेपालले प्रभु बैंकलाई १० करोड रुपैयाँ उपलब्ध गराएको जनाएको छ ।