मेट लाइफका व्यतित बीमालेख नविकरणमा छुट

127

काठमाडौँ । मेट लाइफ नेपाललले व्यतित बीमालेख नविकरण गर्दा व्याज छुटको अवसर ल्याएको छ । नेपालीहरुको राष्ट्रिय पर्व दशैं, तिहार र छठ लगायतको पूर्वसन्ध्यामा कम्पनीले व्यतित बीमालेखको विलम्ब शुल्कमा ५० प्रतिशतदेखि १०० प्रतिशतसम्मको छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले ५ वर्ष भित्रका व्यतित बीमालेखको हकमा शतप्रतिशत छुट दिएको छ । साथै ५ वर्षदेखि बढी अवधिका व्यतित बीमालेखको हकमा भने कम्पनीले ५० प्रतिशतसम्मको छुटको व्यवस्था गरेको छ । मेटलाईफका  बीमितले भदौं २४ गतेदेखि एक महिनासम्म छुट पाउनेछन् । छुट पाउने अन्तिम म्याद भने दशैंको टीकाको भोलिपल्ट परेको छ ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्