काठमाडौँ । ५ बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेका छन् । कामना सेवा विकास बैंक, सानिमा बैंक, देवः विकास बैंक, नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड र एक्सेल डेभलपमेन्ट बैंकले आज एक विज्ञापन जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेका हुन् ।
कामना सेवा विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले गण्डकी, नारायणघाट र बुटवल क्षेत्रका लागि ब्राञ्च म्यानेजर, रिलेशनसिप म्यानेजर, सर्भिस म्यानेजर र सर्भिस म्यानेजर/अपरेसन इन्चार्ज पदका लागि केही संख्यामा कर्मचरी माग गरेको हो ।
त्यस्तै, बैंकले केन्द्रीय कार्यालयको कार्ड डिपार्टका लागि एक जना सुपरभाइजरमा गरेको छ । इच्छुक तथा योग्याता पुगेका उम्मेद्धवारले २५ सेप्टेम्बरसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
सानिमा बैंकले पनि विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले डिपोजिट म्यानेजमेन्ट र एसिस्टेन्टदेखि अफिसर लेवलका रिलेसनसिप अफिसर वा म्यानेजर पदका लागि कर्मचारी माग गरेको छ ।
इच्छुक तथा योग्यता पुगेका आवेदकले २५ सेप्टेम्बरसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
देवः विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले अफिसर लेवलका लागि माइक्रो क्रेडिट डिपार्ट, रिजनल अफिसर र ब्राञ्च म्यानेजर पदका लागि कर्मचारी माग गरेको हो । त्यस्तै, बैंकले सुपरभाइजर, एसिस्टेन्ट र जुनियर एसिटेन्ट माग गरेको छ ।
इच्छुक तथा योग्याता पुगेका उम्मेद्धवारले २५ सेप्टेम्बरसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
त्यस्तै, एक्सेल डेभलपमेन्ट बैंकले पनि विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले सिनियर एसिस्टेन्ट, एसिस्टेन्ट र ट्रेनी एसिस्टेन्ट पदका लागि केही कर्मचारी माग गरेको हो ।
इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले २५ सेप्टेम्बरसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
त्यस्तै, नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले पनि विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले अफिसर÷ सिनियर अफिसर पदका लागि १ जना कर्मचारी माग गरेको हो ।
इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवार २२ सेप्टेम्बरसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ ।