IME Life

२०% भाडा छुट दिएर विद्युतीय बस सञ्चालनमा, अत्याधुनिक सुविधासँगै बीमा पनि

SPIL
NIC ASIA

काठमाडौं । धुवाको मुस्लो फ्याक्ने काठमाडौंमा अब सफा धुवारहित विद्युतीय उर्जाबाट चल्ने सार्वजनिक बस सञ्चाालन सुरु भएको छ । २० प्रतिशत भाडादरमा छुट दिएर सञ्चालन गरिएको सुन्दर यातायातले दुर्घटना परेमा यात्रुलाई बीमा समेत दिने जनाएको छ ।

हाल दुईवटा बसबाट सेवा सुरु गरेको सुन्दर यातायातले यात्रुमैत्री तथा नगद बीना नै पनि यात्रा गर्न सकिने सुविधा छ । ‘स्मार्ट यात्रा कार्ड’ मार्फत यात्रा गर्दा २० प्रतिशत छुट दिने व्यवस्था गरेको छ । न्यूनतम भाडादर १५ रुपैयाँ रहेकोमा नगद दिए १५ रुपैयाँ नै तिर्नुपर्दछ भने स्मार्ट कार्डमार्फत भाडा भुक्तानी गरे १२ रुपैयाँमात्रै काट्ने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

सोमबार एक समारोहका बीच उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले बसको उद्घाटन गरेका छ । सुन्दर यातायातले चक्रपथमा टेष्ट ड्राइभ गर्ने तयारी गरेको जनाएको छ । हाल सञ्चालनमा ल्याएका बस चिनमा निर्मित तथा ब्याट्रीबाट चल्ने बीएके कम्पनीका हुन् । कम्पनीले थप ११ वटा बस ल्याउन चिनियाँ कम्पनीसँग सम्झौता गरिसकेको अध्यक्ष भेष बहादुर थापाले बताए ।

कम्पनीले प्रतिबस एक करोड ६२ लाख मूल्य तिरेर ल्याएको जनाएको छ । विधुतीय बसको उद्घाट्न गर्दै प्रमुख अतिथि उप्रपधान्मन्त्री तथा रक्षामन्त्रीले विधुतीय सवारीसाधानको लागि सुन्दर यातायातले लामो सर्घष गरेर आज संचालनमा ल्याएको देख्दा खुशी व्यक्त गरे ।

कार्यक्रममा सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले विद्युतीय सवारीसाधन दर्तामा यातायात मन्त्रालयबाट भएको असहयोगले सुन्दरलाई असहज भएको बताए । चार पांग्रेभन्दा बढी विद्युतीय सवारीलाई दर्ता अनुमति दिने कानूनी व्यवस्था नै नभएको अवस्थामा मन्त्रालयका मन्त्री र उच्च अधिकारीहरु नै त्यसमा असहयोगी देखेपछि आफ्नो योजना नै त्याग्ने मनस्थितिसम्म पुगेको उद्घाटन कार्यक्रममा गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रका महाबीर पुनले आगामी सुन्दर यातायातले थलानी गरेको यस कार्यले वातावरण सुन्दर बनाउन मात्र नभई वातावरणमैत्री भएको बताए ।

त्यस्तै बीएकोका सिईओ लियो ज्याङ लिनले हाल दुईवपटा विधुतीय यातायात सुचारु गरेतापनि आगामी दिनमा नेपालको बाटोमा मिल्ने अन्य गाडीहरु पनि चाँडै नेपालमा ल्याउने उनले बताए ।

कार्यक्रममा बोल्दै उर्जा तथा जलस्रोत मन्त्रालयका सचिव दिनेश कुमार घिमिरेले दुई बर्ष अघिदेखि भएको विद्युतीय बस चलाउने योजना बल्ल पूरा भएको भन्दै खुशी व्यक्त गरे । विद्युतीय बसमा यात्रा गर्ने यात्रुको दुर्घटना बीमा गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS