IME Life

पत्रकारलाई अर्थमन्त्रीको सुझावः ‘चस्मा नबन्नुस, आँखा हुनुस्’

SPIL
Sanima Reliance

काठमाडौं । नेपालका पत्रकारहरुले लेख्ने समाचारको विश्वसनीयतामाथि समय समयमा प्रश्न चिन्ह उठ्ने गर्दछन् । अर्थमन्त्री डा. युवराज खतिवडाले पत्रकारहरुलाई कसैको चश्मा नबनी आफ्नो आँखाले समाज र देशको समाचार लेख्न आग्रह गरेका छन् । उनले नेपाली अर्थतन्त्रका बारेमा पनि पत्रकारहरुले आफ्नै आँखाले समाचार लेख्न आग्रह गरे ।

Crest
Meta Holidays

आर्थिक पत्रकारहरुको संस्था नाफिजद्वारा आयोजित कार्यक्रममा मन्त्री डा. खतिवडाले भने, ‘तपाईहरु आँखा हुनुस, चस्मा मात्रै नबन्नुस् । व्यवसायीक रुपमा काम गर्दै गर्दा मिडिया हाउसहरुका लागि काम गर्नुपर्छ र उहाँहरुकै चस्मा लगाईदिनुपर्ने हुन्छ । अनि त्यो चस्मा लगाउँदिन भन्दा तपाईहरुको सेवा असुरक्षित बनिदिन्छ । त्यसकारण चस्मा लगाईदिनेले पनि सोच्नुपर्छ की पत्रकारितामा व्यवसायीकता भनेको सरकारले मात्रै हुँदैन् र सरकारले तपाईहरुलाई रोजगारी पनि दिएको छैन् ।’

पत्रकारिताको विषयमा निकै गम्भिर अभिव्यक्ति दिएका अर्थमन्त्रीले भने ‘तर तपाईहरु जुन जुन मिडिया हाउसमा आवद्ध हुनुहुन्छ, तपाईँहरुले आफ्नो विवेक, न्यायिक मन र व्यवसायीक धर्म पालना गरेर पत्रकारीता गर्नुभयो भने मलाई लाग्छ आजको जोखिमपुर्ण पत्रकारीता नै त्यहि हुनेछ ।’

आर्थिक वृद्धि भएन भने रोजगारी, राजश्व, राज्यले दिने समाजिक सुरक्षा र पत्रकारहरुले पाउने पारिश्रमिक तथा स्वरोजगार मिडियाले पाउने विज्ञापन पनि प्रत्यक्ष असर पर्ने हुँदा पत्रकारिता पनि जिम्मेवार हुनु आफ्नै अस्तित्वको लागि पनि महत्वपूर्ण रहेकोब ताए ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x