काठमाडौं । एनआरएन लघुवित्तले दुई लघुवित्त वित्तीय सस्थालाई गाभेर मङगलबारदेखि एकिकृत कारोबार गर्ने भएको छ । एनआरएन लघुवित्तले रामारोशन लघुवित्त र क्रिएटिभ लघुवित्तलाई गाभेर आगामी मंगलबारदेखि एकीकृत कारोबार शुरु गर्ने भएको हो ।
एनआरएन लघुवित्तको असार १४ गतेको विशेष साधारणसभाले यी दुई संस्थालाई गाभ्ने प्रस्ताव पारित गरेको थियो ।
दुई लघुवित्तलाई गाभेसँगै एनआरएन राष्ट्रिय स्तरको लघुवित्त बनेको छ ।