काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी पोखरा शाखाले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले बीमित मृतकको आमा जमुना केसीलाई १० लाख ७० हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।
बेनी नगरपालिका वडा नं ०७ /०८ का वडा अध्यक्ष राजेन्द्र श्रेष्ठ, राम कृष्ण बराइली, तथा बेनी उपशाखा प्रमुख नविना रावल थापा द्वारा संयुक्त रुपमा उक्त रकम हस्तान्तरण गरेका हुन् ।
कम्पनीले दिएको जानकारी अनुसार बेनी नगरपालिका वडा नं ०८ निवासी शिक्षा आचर्य क्षेत्रीको पोखरा शाखाबाट १० लाख रुपैयाँ बीमाकंको बीमालेख जारी भएको थियो ।
बीमालेख जारी गरिएको एक वर्ष भित्र बीमितको मा wepner granulomotosis रोगको कारणले सर गंगा राम हस्पिटल नयाँ दिल्लीमा उपचारको क्रममा निधन भएको थियो ।