IME Life

बालुवाटार जग्गा काण्डका ५८ आरोपीलाई उपस्थित हुन अख्तियारको आदेश

SPIL
NIC ASIA

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललितानिवास जग्गा अनियमितता प्रकरणमा बयान दिन सो काण्डमा मुछिएका ५८ जनालाई बयानका लागि उपस्थित हुन आदेश दिएको छ ।

आयोगले आज सूचना प्रकाशीत गरेर ५८ जनालाई एक हप्ताका भित्र बयानको लागि हाजिर हुन आदेश दिएको छ । सूचनामा बयानको लागि उपस्थित नभए कानुन बमोजिम अघि बढ्ने आयोगले जनाएको छ । साथै बयानको क्रमममा उपस्थित नभएमा आयोगले दोषी करार गरि मुद्धा दायर गर्ने चेतावनी समेत दिएको छ ।

Prabhu
Crest

अख्तियारमा उपस्थित हुन जारी गरिएको सूचनामा कामना गुरुङ, कल्पना तुलाधर, शर्मिला शाक्य, प्रगति कंशकार, मनोज कुमार केडियालगायत ५८ जनाको नाम छ । कामना पूर्वसेनापति छत्रमान सिंह गुरुङको छोरी तथा व्यवसायी मीनबहादुर गुरुङको बुहारी हुन् । त्यस्तै, अन्य व्यापारी तथा व्यवसायीको नाम पनि बयानका लागि बोलाइएको सूचीमा छ ।

यसअघि पनि आयोगले जग्गा प्रकरणमा जोडिएका विभिन्न व्यक्तिलाई सम्पर्कमा आउन सूचना जारी गरेको थियो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS