आज नेप्से २० अंकले बढेको छ । शेयर बजार २० दशमलव ५७ अंकले बढेर १,१९० दशमलव ९० अंकको विन्दुमा कायम भएको छ । मङगलबार १४ अंकले घटेको नेप्से आज २० अंकले बढेको छ ।
कारोबारमा आएका ११ उपसूचकमध्ये आज म्युचल फण्ड र अन्य बाहेक सबै उपसूचक बढेका छन् । सबैभन्दा धेरै जीवन बीमा समुह १ सय ४५ अंकले बढेको छ ।
आज दिनभरिमा १ सय ७१ वटा कम्पनीको २१ लाख ८४ हजार २ सय ७१ कित्ता शेयर ७ हजार ८ सय १७ पटक खरिदविक्री हुँदा ५१ करोडमाथिको कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल बङलादेश बैंक प्रोमोटर शेयरको ५ करोडमाथिको कारोबार भएको छ ।
त्यस्तै, नेपाल बैंक को ३ करोड २९ लाख रुपैयाँको कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स, एनआइसी एशिया बैंकको दुई करोडमाथिको कारोबार भएको छ । सानिमा बैंक, कृषि विकास बैंक, मेगा बैंक प्रोमोटर शेयर, कुमारी बैंक, प्रभु बैंकको १ करोडमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै यूनिभर्सल पावर कम्पनीका लगानीकर्ताले ९ प्रतिशतका दरले कमाएका छन् भने सिटि एक्सप्रेसका लगानीकर्ताले सबैभन्दा धेरै ४ प्रतिशतका दरले गुमाएछन् ।