नाडा अटो शोमा सिद्धार्थ इन्स्योरेन्समा बीमा गर्दा ३,००० देखि १०,००० सम्म छुट

काठमाडौं । नाडा अटो शो मा स्टल राखेको सिद्धार्थ इन्स्योरेन्स कम्पनीमा बीमा गर्दा विशेष छुट पाइने भएको छ । अटो शोमा राखिएको स्टलमा सवारी बीमा गर्दा न्यूनतम तीन हजारदेखि अधिकतम १० हजार रुपैयाँसम्म गाडीको मूल्य अनुसार कर्पोरेट छुट पाइने सो बीमा कम्पनीले जनाएको छ ।

सिद्धार्थ इन्स्योरेन्सले नाडा अटो शोमा राखेको स्टलमा व्यापार भन्दा पनि प्रबद्र्धनका लागि स्टल राखिएको कालिमाटी शाखाकी बजार शाखाकी कर्मचारी सुविक्षा भुषाले जानकारी दिइन् । भुषालका अनुसार बीमा सम्बन्धी जानकारी लिन मानिसहरु आइरहेका छन् । स्टलबाटै बीमा गर्ने सुविधा नभएकाले विवरण लिएर कार्यालयमा बोलाएर बीमा गरिने कम्पनीले जनाएको छ । सिद्धार्थ इन्स्योरेन्सले नाडा शो अवधीभरका लागि फरक फरक शाखाका कर्मचारीहरुले नाडा अटो शोको स्टलमा भाग लिएर अनुभव संगाल्ने योजनामा रहेको सिद्धार्थ इन्स्योरेन्सले जनाएको छ ।

नाडा अटो शोमा सिद्धार्थ इन्स्योरेन्स कम्पनीले सोलो व्यापार तथा प्रबद्र्धन गर्ने मौका पाएको छ । शोको मुख्य भवन प्रदर्शनी कक्षभित्रै स्टल पाएको कम्पनीले व्यापार प्रबद्र्धन गर्ने र ब्राण्डिङका लागि स्टल राखेको सिद्धार्थ इन्स्योरेन्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार